थप १ सय १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

भाद्र ३१, २०७९

नेपालमा पछिल्लो पटक थप १ सय १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार , ३ हजार ८ सय २७ नमुना परिक्षणका क्रममा सो संख्यामा संक्रमित भेटिएका हुन् ।

 पछिल्लो पटक थप १ सय २६ जना विरामी निको हुँदा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल नेपालमा कोरोनाका २ हजार ६२ जना सक्रिय संक्रमित छन् । 


प्रतिक्रिया