कोरोना संक्रमणदर घट्दै

रेडियो कान्तिपुर संवाददाता

आश्विन २, २०७९ | काठमाडौं

नेपालमा पछिल्लो पटक ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार ८ सय ८२ जनामा गरिएको नमुना परीक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, आज १ सय ६१ जना संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार १ हजार ८ सय ३० जना संक्रिय संक्रमित रहेका छन् । यसमध्ये १ हजार ७ सय ६६ जना होम आइसोलेसन र ६४ जना संस्थागत आइसोलेनिमा रहेका छन् । आईसीयुमा १८ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया