डेंगुका कारण असार यता २४ जनाले ज्यान गुमाए

आश्विन ५, २०७९

गत असार यता तीब्र बनेको डेंगुका कारण हालसम्म नेपालमा २४ जनाको मृत्यु भएको छ । इपिडिमियोलोली तथा रोग नियन्त्रण महाशाखाका अनुसार विभिन्न जिल्लाका गरि २४ जनाको मृत्यु भएको हो । यस्तै डेंगु संक्रमितको संख्या १९ हजार नाघेको छ । 

महाशाखाको पछिल्लो तथ्यांक अनुसार १९ हजार २३ जनामा सो रोग देखिएको छ । ती मध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १४ हजार १ सय ५३ जनामा सो रोग पुष्टि भएको छ । रोगीको संख्या बढी रहेका १० वटा जिल्लामध्ये सबै भन्दा धेरै काठमाण्डौं र ललितपुरमा ५ हजार बढीमा ड्ेंगु पुष्टि भएको महाशाखाले जनाएको छ । 


प्रतिक्रिया