थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

आश्विन १३, २०७९ | काठमाडौं

थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६ सय ७८ नमुना परिक्षणका क्रममा सो संख्यामा संक्रमित भेटिएका हुन् । 

हाल नेपालमा कोरोनाका १ हजार ७७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । अहिले देशभरका विभिन्न अस्पतालमा ३६ जना उपचाररत रहेका छन् । जसमध्ये ९ जना आइसीयुमा छन् । 


प्रतिक्रिया