तिलोत्तमामा आयोजित स्वास्थ्य शिविरबाट ४५० स्थानीय लाभान्वित

पुस २३, २०७९ | तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ गणेशनगरमा आयोजित दुई दिने स्वास्थ्इ शिविरमा ४ सय ५० भन्दा बढी स्थानीयले सेवा लिएका छन् । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी जोन ११ अन्तर्गत जिल्लाका ४ वटा क्लबले संयुक्त रुपमा आयोजना गरेको शिविरमा ४ सय ५० भन्दा बढी स्थानीयले सेवा लिएका हुन् । 

गणेशनगरस्थित गणेश आधारभूत विद्यालयमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकबाट मुटु, थाइराइड, किड्नी, सुगर परीक्षण गरी परामर्श सेवाका साथै निशुल्क औषधि वितरण समेत गरिएको थियो । 

जोन ११ का अध्यक्ष प्रकाश भट्टराईका अनुसार शिविरमा महिलाहरुको पाठेघर क्यान्सरको प्रारम्भिक परीक्षण समेत गरिएको थियो । लायन्स क्लब अफ तिलोत्तमा, लायन्स क्लब अफ बुटवल–तिलोत्तमा, लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवी र लायन्स क्लब अफ बुटवल संसारको संयुक्त आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।


प्रतिक्रिया