तिलोत्तमा–११ का ३५० जनाको निःशुल्क आँखा परीक्षण

पुस २३, २०७९ | तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ का ३ सय ५० स्थानीयको निशुल्क आँखा परीक्षण गरिएको छ । 

शिवपुरस्थित शिवपुर माध्यमिक विद्यालयमा आयोजित शिविरमा ३ सय ५० जनाको आँखा परीक्षण गरिएको लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर/श्री रण अम्बिका शाह आँखा अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेले बताउनुभयो । 

३ सय ५० जनामध्ये ५० जनालाई मोतियाबिन्दुको शल्यक्रिया (अपरेशन) का लागि अस्पतालमा रिफर गरिएको पाण्डेले जानकारी दिनुभयो । 

तिलोत्तमा–११ स्थित परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना र लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर/श्री रण अम्बिका शाह आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो । 


प्रतिक्रिया