दादुराको खोप अभियानलाई प्रभावकारी बनाउन ध्यानाकर्षण

पुस २५, २०७९ | बाँके

नेपालगञ्ज उपमहानगरपालिकाभित्र महामारीको रुपमा फैलिएको दादुरा नियन्त्रण र व्यवस्थापनका लागि खोप अभियानलाई प्रभावकारी बनाउन सरोकारवालाले ध्यानाकर्षण जनाएका छन् । नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा उनिहरुले खोप कार्यक्रमलाई थप व्यवस्थीत र प्रभावकारी बनाउन आग्रह गरेका हुन ।

२३ वटै वडाका स्वास्थ्य चौकी इन्चार्जहरुले नियन्त्रणको अभियानलाई रणनीति बनाएर अघि बढ्नु पर्ने बताएका थिए । दादुरा प्रभावित वडाहरुमा खोपको प्रभावकारी सञ्चालन, नियन्त्रण र व्यवस्थापनसंगै प्रकोपलाई जटिल अवस्थामा पुग्न नदिन सजकता अपनाउने विषयमा गहन छलफल आवश्यक रहेको सरोकारवालाको भनाई थियो । 

स्वास्थ्य सेवा विभाग स्वास्थ्य महाशाखा निर्देशक डा.सर्बेश शर्माले आवश्यक पहल सहित केन्द्र सरकारनै गम्भीर रहेकाले समस्या नआउने बताउनुभयो । दादुराले सिकिस्त भएका ३१ महिने शिशुको पुस १३ मा मृत्यु भयो । अहिलेसम्म ३६ बालबालिकामा दादुरा पुष्टि भएको छ । 


प्रतिक्रिया