यी हुन तेजाब आक्रमणमा परेकाहरूको निशुल्क उपचार हुने अस्पताल

पुस २६, २०७९ | काठमाडौं

सरकारले तेजाब आक्रमणमा परेका पीडितहरूको निशुल्क उपचारका लागि अस्पताल तोकेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले तेजाब पीडितहरूले उपचारका लागि  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पताललाई डेडिकेटेड अस्पतालको रुपमा तोकिएको छ । 

मन्त्रिपरिषद्बाट निर्णय भए बमोजिम तेजाब आक्रमणमा परेका पीडितहरूको उपचार सम्बन्धी कार्यविधि २०७८ अनुसार पीडितहरूले आकस्मिक उपचारका लागि देशको कुनै पनि संस्थाबाट निशुल्क सेवा लिन सक्ने व्यवस्था कायम गरेको हो । 


प्रतिक्रिया