नरैनापुरमा ९ हजार बढी बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाइयो

माघ ८, २०७९ | नेपालगञ्ज

बाँकेको नरैनापुरमा ६ महिनादेखि १५ वर्ष मुनिका ९ हजार ९ सय १३ जना बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाइएको छ ।

 नरैनापुर स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहका अनुसार दादुराको प्रकोप देखिन थालेपछि नरैनापुरमा खोप कार्यक्रमलाई निरन्तरता दिइएको हो । सरकारले प्रभावित क्षेत्रमा दादुरा नियन्त्रण गर्ने उद्देश्यले माघ ५ गतेबाट दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गरेको थियो ।

नरैनापुर स्वास्थ्य शाखाका सर्भिलेन्स अफिसर बिबेक पौडलेले नरैनापुरका ७ वटा वडामा भोलीसम्म लक्ष्य अनुसार खोप लगाई सक्ने बताउनुभयो । यसैबीच जिल्लाका पाँच वटा पालिकामा दादुरा संक्रमण देखापरेको छ ।

 नेपालगन्ज उपमहानगरपालिकामा दुई सय जना, खजुरामा १८ जना, कोहलपुर नगरपालिकामा तीन जना, नरैनापुर गाउँपालिकामा २१ जना र डुडुवा गाउापालिकामा आठ जना संक्रमित फेला परेका छन् । 


प्रतिक्रिया