चितवन मेडिकल कलेजको क्यान्सर उपचार केन्द्र सञ्चालनमा

माघ १२, २०७९ | चितवन

भरतपुरस्थित चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा क्यान्सर रोगको उपचार सुरु भएको छ । अस्पताल हाताभित्र अलग्गै भवनमा सीएमसी क्यान्सर इन्स्टिच्युट औपारिक रुपमा सञ्चालनमा आएको छ । 

सो अस्पतालमा क्यान्सर भए/नभएको परीक्षणका साथै शल्यक्रिया, रेडिएसन थेरापी, केमो थेरापी, ब्याक्रिथेरापी जस्ता उपचार सुविधा रहेको अस्पतालले जनाएको छ । एक सय शय्याको सो अस्पतालमा ए श्रेणीको उच्चस्तरीय प्रयोगशाला रहेको र प्राय जसो नमूनाको परीक्षण सोही प्रयोगशालामा हुने अस्पतालका निर्देशक डा.दयाराम लम्सालले बताउनुभयो । 

क्यान्सर पत्ता लागेको ३/४ दिनमै उपचार सेवा सुरु हुने, शल्यक्रिया र थेरापीका लागि लामो समय पालो कुर्न नपर्ने लम्सालको भनाइ छ । डा.सुभास ठाकुरको नेतृत्वको १० जनाको टोली क्यान्सर उपचारमा खट्ने अस्पतालले जनाएको छ ।


प्रतिक्रिया