जेसीआई सिद्धार्थ लेडीद्वारा मातृशिशु पौष्टिक आहार वितरण

माघ १२, २०७९ | काठमाडौं

जेसीआई सिद्धार्थ लेडी नेपालले रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा मातृशिशु पौष्टिक आहार तथा सामग्री वितरण गरेको छ । सो संस्थाले एक कार्यक्रमकाबीच अस्पतालका प्रसूति गृहमा रहेका सुत्केरीहरुलाई पौष्टिक आहार तथा विभिन्न सामग्री वितरण गरेको हो । 

सुत्केरीहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर मातृशिशु पौष्टिक आहार तथा सामग्री वितरण गरिएको सो संस्थाकी कार्यक्रम संयोजक संगीता आचार्यले बताउनुभयो । 

कार्यक्रममा भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले जेसीआई सिद्धार्थ लेडी नेपालले २५ जना बढी सुत्केरीलाई पौष्टिक आहार वितरण गरेको जानकारी दिनुभयो । 

उहाँका यस क्षेत्रका विभिन्न संघ–संस्थाले अस्पताललाई सहयोग गर्दै आएको छ । केही दिन पहिला लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) ले अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेको उहाँले जानकारी दिनुभयो । 

अस्पतालकी मेडिकल सुपरीटेण्डेण्ड डा. शकुन्तला गुप्ताले जेसीआई सिद्धार्थ लेडी, नेपालले अस्पतालाई सेवाको भावनाले सहयोग गर्नु सराहनीय भएको बताउनुभयो । ‘एकदमै खुसी लागेको छ’, उहाँले भन्नुभयो, ‘आगामी दिनमा पनि यो संस्थाले विभिन्न नयाा कार्यक्रम गर्ने ल्याउने विश्वास व्यक्त गर्दछु ।’


प्रतिक्रिया