बडिगाडमा क्षयरोगका बिरामी बढ्दै

माघ १३, २०७९ | काठमाडौं

बागलुङको बडिगाड गाउँपालिकामा क्षयरोगीका बिरामीको संख्या बढ्दै गएको छ । पछिल्लो ५ महिनायता बडिगाड गाउँपालिकामा ३६ जना क्षयरोगका नयाँ बिरामी पहिचान भएको छ ।

पालिकाको स्वास्थ्य शाखा, धौलागिरि अस्पताल बागलुङ र पोखराका विभिन्न अस्पतालमा गरिएको परिक्षणमा ३६ जना नयाँ बिरामी थपिएका हुन् ।

अघिल्लो आर्थिक वर्षमा जिल्लामा एक सय ८५ जनामा ससंक्रमण देखिएको थियो । तीमध्ये ५६ जना बडिगाड गाउँपालिकाकै थिए ।

गत साउनयता गरिएको परीक्षणमा जिल्लामा ८७ जना नयाँ संक्र्रमित पहिचान हुँदा बडिगाडका मात्रै ३६ जना रहेको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

अघिल्लो वर्ष पहिचान भएका मध्ये केही नियमित औषधि सेवनपछि संक्रमणमुक्त भएका छन् ।


प्रतिक्रिया