भेरीगंगा नगरपालिकाले दिर्घ रोगीलाई मासिक २ हजार दिने

माघ १४, २०७९

सुर्खेतको भेरीगंगा नगरपालिकाले दिर्घ रोगीलाई मासिक २ हजार दिने भएको छ । नगरपालिकाले मुटु रोग, मिर्गौला रोग, क्यान्सर रोग, पार्किन्सस, अल्जाइमर्स, हेड ईन्जुरी, स्पाईनल ईन्जुरी, सिकलसेल एनिमिया र प्यारालाइसिस भएका बिरामीहरुलाई उपचार खर्च स्वरुप मासिक दुई हजार दिन भएको हो । 

सो रोग भएका पिडितहरुले रकम प्राप्त गर्नलाई चिकित्सकको सिफारिस, वडा कार्यलयको सिफारिस, नागरिकताको प्रमाण पत्रको प्रतिलिपि तथा अन्य रोग प्रमाणित गर्ने आवशयक कागजात सहित नगरपालिकामा सम्पर्क गर्नुपर्ने नगरप्रमुख यज्ञप्रसाद ढकालले जानकारी दिनुभयो । 


प्रतिक्रिया