नेपालमा प्रत्येक वर्ष २५ सय कुष्ठरोगका विरामीहरु थपिने गरेको तथ्याङक

रेडियो कान्तिपुर संवाददाता

माघ १५, २०७९ | काठमाडौं

नेपालमा प्रत्येक वर्ष २५ सय जना कुष्ठरोगका विरामीहरु थपिने गरेको सरकारी तथ्याङक छ । कम सर्ने सामान्य सरुवा रोगका रुपमा लिइएको कुष्ठरोग निवारण भएको घोषणा गरिएपनि वर्षेनी विरामीको संख्या थप हुँदै गएको छ ।

१६ वटा जिल्ला अझै कुष्ठरोगमुक्त हुन बाँकी रहेको तथ्याङक छ । झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अछाम जिल्लामा कुष्ठरोग निवारण हुन बाँकी रहेको हो ।

स्वास्थ्य सेवा विभागका कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख विशेषज्ञ डा. प्रशन्न नापितले विगतमा ११ जिल्लामा यो रोगका बिरामी रहेका भनाई राख्दै चालु आर्थिक बर्षमा १६ जिल्लामा यस रोगका बिरामी भेटिएको बताउनुभयो । 


प्रतिक्रिया