अन्तर्राष्ट्रिय

बेलारुसबाट १७ जना विदेशी पत्रकार देश निकाला

- एजेन्सीकाठमाडौं

बेलारुसले सरकारविरोधी प्रदर्शनबारे रिपोर्टिङ गर्ने १७ जना विदेशी पत्रकारहरुलाई देश निकाला गरेको छ । राष्ट्रपतिको निर्वाचनको परिणामपछि सुरु भएको प्रदर्शनबारे रिर्पोटिङ गरेका विदेशी पत्रकारलाई देशनिकाला गरेको अलजजिराले उल्लेख गरेको छ ।

 देश निकाला गरिएकाहरुमा अधिकांश भिडियो र फोटो पत्रकार रहेका छन् । जसमध्ये दुई जना बीबीसी र चार जना रेडियो लिबर्टीका रहेका भने बाँकी अधिकांश रोयर्टस न्युज एजेन्सीका रहेको अलजजीराले उल्लेख गरेको छ ।

गत ९ अगस्तमा सार्वजनिक भएको राष्ट्रपतीय निर्वाचनको परिणामप्रति असन्तुष्ट हुँदै पछिल्ला केही साता यता हजारौं मानिसहरु सडकमा उत्रिएका हुन् । राष्ट्रपति एलेक्सेन्डर लुकाशेन्कोले चुनावी परिणाममा धाँधली भएको उनीहरुको आरोप छ । 

प्रदर्शनका क्रममा भएका केही हिंसात्मक झडपमा केही मानिसहरुको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । हजारौं प्रदर्शनकारी प्रहरी नियन्त्रणमा छन् । बेलारुस पत्रकार संघले सो घटनाको भत्सर्ना गरेको छ ।