अमेरिकामा कोभिड १९ का कारण ३ लाख बढीको मृत्यु हुँदैन : राष्ट्रपति ट्रम्प
-अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मूलुकमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख नाघ्ने दाबी गर्नु भएको छ । संक्रमणका कारण भएको मृत्युको तथ्यांक भयावह रहेको भन्दै राष्ट्रपति ट्रम्पले चीनको भाइरस अब नियन्त्रणमा आउने बताउनु भएको बीबीसीले उल्लेख गरेको छ ।
ह्वाईटहाउसले यसअघि नै २ लाख हाराहारीमा आफ्ना नागरिकको मृत्यु हुन सक्ने आकंलन गरेको थियो । कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको पछिल्लो तथ्यांक डरलाग्दो रहेको ट्रम्पको भनाई छ । जोन हप्किन्स् विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार कोरोना संक्रमणका कारण अमेरिकामा २ लाख ८ सय १८ जनाको मृत्यु भइसकेको छ । विश्वमा सबैभन्दा धेरै अमेरिकामा ६८ लाख ९७ हजार ७ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
अमेरिकाले कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्न नसकेको भन्दै विश्वस्तरमा आलोचना हुँदै आएको छ ।
यसैबीच विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड १६ लाख ५७ हजार ८ सय ७० जना पुगेको छ । यस्तै संक्रमितका कारण मृत्यु हुनेको संख्या ९ लाख ७१ हजार ९ सय १५ पुगेको छ ।