खेलकुद

नेपाल प्रो क्लब टी–२० क्रिकेटमा त्रिभुवन आर्मीको लगातार दोस्रो जित

- केएफएम डेस्ककाठमाडौं

विभागीय टिम त्रिभुवन आर्मी क्लबले नेपाल प्रो क्लब टी–२० क्रिकेट च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । विरगञ्जस्थित नारायणी क्रिकेट रंगशालामा आज भएको खेलमा आर्मीले भारतको वन्डर्स क्लब नोयडालाई ६ विकेटले हरायो ।

 १ सय रनको लक्ष्य आर्मीले १३ ओभर १ बलमा ४ विकेट गुमाउँदै पूरा ग¥यो । आर्मीका कुशल मल्लले सर्वाधिक ४१ रन जोडे । नोयडाका ऋतिक भत्सले ३ विकेट लिए । त्यसअघि आर्मीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको नोएडाले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ९९ रन बनाएको थियो ।

 आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ८ विकेटले पराजित गरेको थियो । प्रतियोगितामा नेपालका तीन विभागीय टोली, पर्सा र भारतका दुई क्लब गरि ६ टिम सहभागी छन् ।