करेन्ट लागेर सिरहामा एक जनाको मृत्यु
- सिरहाकरेन्ट लागेर सिरहामा बिहीबार एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार खेतमा सिँचाइका लागि मोटरबाट पानी तान्ने क्रममा विद्युत प्रवाह भई करेन्ट लाग्दा विष्णुपुर गाउँपालिका–१ का ५५ वर्षीय गौरी यादवको मृत्यु भएको हो ।
करेन्ट लागेर घाइते भएका यादवलाई उपचारका लागि धनगढीस्थित आरके मेडिसिटीमा पुर्याइएको थियो । अस्पतालले यादवको मृत्यु भएको घोषणा गरेको थियो ।
उनी विष्णुपुर गाउँपालिका वडानम्बर १ बाट स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट वडाध्यक्षका प्रत्यासी उम्मेदवार थिए ।