अडियो न्युज

नेकपामा आश्चर्य लाग्दो 'सत्तामोह'

- बासु खड्काकाठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा केही दिनदेखि सरकार पुनर्गठनको चर्चा चलिरहेको छ । चर्चा मात्र हैन मन्त्री बन्न नेताहरु शक्ति केन्द्र धाउन थालिसकेका छन् । 

कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार गर्न सबै एकजुट हुनुपर्ने बेला मन्त्री पद हत्याउन शक्ति केन्द्र धाउने नेताको प्रवृत्तिबाट महामारीका बीचमा समेत नेताहरुमा कायम सत्तामोह प्रष्टै देखिन्छ ।