निगमले जापानको नारितामा चार्टर उडान गर्ने
- काठमाडौंनेपाल वायु सेवा निगमले जापानको नारिता विमानस्थलमा चार्टर उडान गर्ने भएको छ । २ वटा चार्टर उडान गर्न निमग र सुमेघ टुर्स एण्ड ट्राभल प्रालीबीच सम्झौता भएको छ । सम्झौता अनुसार काठमाडौं–नारिता–काठमाडौं चार्टर उडान आगामी सेम्टेम्बर र अक्टोबरमा हुनेछ ।
पहिलो उडान सेप्टेम्बर २६ मा काठमाडौंबाट नारित गई त्यसको भोलिपल्ट काठमाडौं फर्कनेछ भने दोश्रो उडान अक्टोबर २ मा गई अक्टोबर ३ मा फर्कने तालिका रहेको निगमले जनाएको छ । चार्टरका लागि काठमाडौं–नारिता–काठमाडौंको उडान साढे १४ घण्टाको हुनेछ ।
निगमको वाईडबडी ए ३३०–२०० बिमानबाट नारितासम्मको उडानले जपान उडानमा नयाँ बाटो खुलेको निगमले जनाएको छ । निगमले यही अगष्ट २९ बाट जापानको ओसाकामा नियमित उडान गर्दैछ ।