वैदेशिक रोजगारमा जाने श्रमिकलाई बढी शुल्क असुल्न नपाइने नीति कडाइका साथ लागू गरिने
काठमाडौंश्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकसँग सेवा शुल्कबापत १० हजार रुपैयाँ लिन पाउने नीतिलाई कडाइका साथ कार्यान्वयन गर्न थालेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले आज भिडियो सन्देश जारी गर्दै यो नीतिलाई कडाइका साथ कार्यान्वयन गर्न लागेको बताउनुभएको हो । तोकिएको भन्दा बढी सेवा शुल्क लिएमा मन्त्रालयमा जानकारी गराउन उहाँले आग्रह गर्नुभयो ।
सरकारले वैदेशिक रोजगारमा जाने युवालाई तोकिएभन्दा बढी शुल्क लिएको वा नलिएको भनेर त्रिभुवन विमानस्थलमा समेत सोधपुछ गर्न समेत शुरु गरिसकेको छ । २०७२ जेठ २६ गतेसाउदी अरब, कतार, कुवेत, बहराइन, ओमान, युएई र मलेसिया जाने श्रमिकको लागि फ्रि भिसा, फ्रि टिकटको नीति भन्दै श्रमिकसँग सेवाशुल्कबापत १० हजार रुपैयाँ मात्रै लिन पाउने व्यवस्था गरिएको थियो ।