राष्ट्रिय

कपिलवस्तुको सीमा बजार कृष्णनगरमा अनिश्चितकालिन कर्फ्यु

- मनोज पौडेलमनोज पौडेलमनोज पौडेलमनोज पौडेलकाठमाडौं

कपिलवस्तुको सीमा बजार कृष्णनगरमा साँझ ५ बजेबाट अनिश्चितकालिन कर्फ्यु लगाएको छ । दुर्गाको मूर्ति बिसर्जन गर्ने क्रममा विवाद हुँदा स्थिति तनानग्रस्त बनेपछि साँझ ५ बजेबाट कृष्णनगरमा अनिश्चितकालिन कर्फ्यु लगाएको हो । स्थिति सहज भएपछि कर्फ्यु हटाईने प्रमुख जिल्ला अधिकार अर्जुनप्रसाद पोखरेलले बताउनुभयो ।

आईतवार दिउँसो १२ बजेतिर मूर्ति बिसर्जन गर्न लैजाने/नलैजाने पक्षबीच विवाद भएको थियो । विवादले उग्ररुप लिएपछि प्रहरीले ६ राउण्ड हवाई फायर गरेको थियो । ३ राउण्ड अश्रु ग्यास फायर गरेको थियो ।

लाठी, हसिया र चक्कु सहित निस्केका प्रर्दशनकारी प्रहरीमाथी जाई लागेका थिए । प्रहरीले संझाई बुझाई गर्दा नमानेपछि लाठी चार्ज गरेको थियो । लाठी चार्जबाट स्थित नियन्त्रणमा लिन नसकेपछि फायर गर्नु परेको जिल्ला प्रहरीका डीएसपी रवि रावलले बताउनुभयो ।

शुक्रबारदेखि कृष्णनगरमा दुर्गा मूर्ति बिसर्जन हुन सकेको छैन् । शुक्रबार साँझ ६ बजेतिर दुर्गा मूर्तिलाई बजार परिक्रमा गरी गोलघर तिर लैजाने क्रममा नैमिया मस्जिद निर घरको छतबाट ढुङ्गा प्रहार गरेपछि विवाद सुरु भएको हो ।

त्यसपछि बिर्सजनको लागि बजार परिक्रमा गराउँदै गरेको २७ दुर्गा मूर्ति गोलघर छेउ राखिएको छ । ३ दिनदेखि मूर्ति बिसर्जन हुन सकेको छैन् । 

सुरुका दिन साँझ मूर्ति परिक्रर्मा गराउँदा ढुङ्गा प्रहार गर्ने ३ जनालाई कारबाही हुनु पर्ने दुर्गा मूर्ति पक्षधरले माग गरेका छन् । उनीहरुको नाम समेत किटान गरी दिईएको छ । ढुङ्गा प्रहार गर्नेलाई पक्राउ गरी कारबाही गर्ने सहमति शनिबार साँझ भएको थियो ।

त्यसपछि दुर्गा मूर्ति बिसर्जन गर्न लैजाने क्रममा आईतबार फेरि विवाद भयो । दुर्गा मूर्ति बिसर्जन पक्षले पूर्व सासद स्व. मिर्जादिलसाद बेगको घर अघिको बाटोबाट हुँदै लैजान पाउनु पर्ने माग गरेका छन् । तर मुस्लिम पक्ष उक्त बाटो भएर लैजान नदिने अडान लिएका छन् ।

सुरक्षा सर्तकता कडा गरिएको छ । चन्द्रौटा, तौलिहवा, दाङ्ग र बुटवलबाट नेपाल प्रहरी र सशस्त्रका थप बल पुगेको छ । स्थिति सहज बन्दै गएको सशस्त्र नायव उपरिक्षक मनोज धितालले बताउनुभयो ।