स्वास्थ्य

सिरहामा एकै प्रकारको लक्षणबाट एकै दिन २ सहित ३ को मृत्यु

- भरत जर्घामगरसिरहा

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका १ कटैया गाउँका तीन जनाको मृत्यु भएको छ । 

टाउको दुख्ने, वान्ता हुने र बेहोस भएपछि कटैयाका ३८ वर्षीय रामउदगार मुखिया, २८ वर्षीय दिपेश मुखिया र ३८ वर्षीय श्यामदेव यादवको मृत्यु भएको हो ।

रामउदगार र दिपेशको आज तथा श्यामदेवको गएराति मृत्यु भएको वडाध्यक्ष शुभ नारायण यादवले बताउनुभयो ।