विश्लेषण

नेतृत्व हस्तान्तरणको बहसः पुनर्ताजगी दिलाउन पुस्तान्तरण आवश्यक

- खिलनाथ ताजपुरिया

मुख्य राजनीतिक दलमा पछिल्लो समय मुखर भएको विषय हो–नेतृत्व हस्तान्तरण । त्यसका लागि नेपाली काँग्रेसमा समयमै १५ औं महाधिवेशन गर्न दबाब छ भने माओवादी केन्द्रमा पार्टी रुपान्तरणका लागि पुरानो नेतृत्वको बहिर्गमन । २०८४ को चुनावअघि पार्टीलाई पुनर्ताजगी दिलाउन पनि प्रमुख दलमा नेतृत्व हस्तान्तरणलाई प्राथमिकतामा साथ उठाइएको छ । यसले नयाँ दल र शक्तिसँग लड्नका लागि पुराना दल कत्तिको तयार छन् भन्नेको पनि छनक दिन्छ ।

सत्तारुढ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहालमाथि पछिल्लो समय नेतृत्व हस्तान्तरणको दबाब पार्टीभित्रैबाट बढेको छ । माओवादी केन्द्रको हालै सम्पन्न स्थायी समितिमा नेताहरुले नीति र नेतृत्व फेर्ने विषयमा घनीभूूत छलफल चलाएपछि अध्यक्ष दाहाल राजनीतिक संकटमा परेका हुन् । शान्ति प्रक्रियामा आएपछि पटक पटक सत्ताको नेतृत्व गरेका माओवादी केन्द्रका अध्यक्ष दाहाल ३ दशकदेखिको एकछत्र नेतृत्वबाट पछि हट्ने या नहट्ने भन्ने दोधारमा छन् ।

पार्टीका उपमहासचिव जनार्दन शर्माले दाहाललाई नेतृत्व छाड्न गरेको प्रस्तावले ल्याएको लिखित प्रस्तावलाई केन्द्रीय समितिको बैठकमा छलफल गर्ने र पार्टी फुटाउन गरिएको प्रयासको आरोपलाई खण्डन गर्ने सहमतिपछि यो विषय हाललाई टरेको जस्तो देखिन्छ । हुन पनि विगत साढे ३ दशकदेखि पार्टीको नेतृत्व गरिरहेका दाहाल स्वयंले नेतृत्व हस्तान्तरणको विषयलाई हलुका ढंगले विश्लेषण गर्ने गरेका छन् ।

‘‘पार्टी फुट्छ भनेर केही दिनदेखि फुट्छन् फुट्छन् भन्ने होहल्ला, प्रचार धेरै भयो । अध्यक्ष दाहालले भने,’‘कतिपय सन्दर्भमा आशंका र भ्रम भए । तर यो बैठकसम्म आइपुग्दा सबै भ्रम चिरिएका छन् । खासगरी कमरेड प्रभाकरले भनेझै जुन माहोल बनेको छ, त्यो बिल्कुल गलत हो , हाम्रो पार्टी एकताबद्ध भएको छ र कमरेड प्रभाकरलगायत अन्यमाथि जे आशंका गरिएको छ, गलत’’ ।

त्यसो त अध्यक्ष दाहालसँंग वैचारिक मतभिन्नता राख्ने अधिकांश नेताहरु पार्टीबाट अलग भइसकेका छन् । दाहाललाई चुुनौति दिन सक्ने उनकै पूर्वसहकर्मी डा. बाबुुराम भट्टराई, मोहन वैद्यलगायतका नेताहरु अलग पार्टीमा हुुनुु तथा रामबहादुर थापालगायत केही नेता एमालेमै रहन चाहेपछि दाहाललाई केही चैन मिलेको थियो ।

पहिलो संविधानसभाको निर्वाचनमा सबैभन्दा ठूुलो दल बनेको माओवादी केन्द्र त्यसपछिका चुनावमा भने ओरालो यात्रामा छ । २०७४, २०७९ को निर्वाचनबाट अपेक्षीकृत जनमत प्राप्त गर्न नसकेको माओवादी केन्द्रलाई संसदका अन्य दलले समेत उछिन्न सक्ने चिन्तानेता, कार्यकर्ताहरुमा पाइन्छ । माओवादी नेतृ गीता तिम्सिना नेतृत्व हस्तान्तरणको मुद्दा उठ्नु स्वभाविक तर छलफल गरेर अघि बढ्नुुको विकल्प नभएको बताउँछिन् ।

अर्कोतर्फ सत्तारुढ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १५ औं महाधिवेशन २०८२ पछि मात्रै गर्ने सुरमा देखिएपछि केन्द्रीय समितिको बैठकमा संस्थापन इतरपक्षले उनीमाथि दबाब बढाउन थालेका छन् । विधानत तेस्रो कार्यकालका लागि देउवाले नेतृत्व गर्न पाउने छैनन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीपछि प्रधानमन्त्रीको पालो कुुरिरहेका देउवाले महाधिवेशन समयमै गरे प्रधानमन्त्रीको पालो गुुमाउन सक्ने उनका निकटस्थ नेताहरुको बुुझाइ छ । सभापति देउवाले महाधिवेशन समयमै हुने बताएपछि आफूहरु आश्वास्त भएको काँग्रेस नेतृ सरिता प्रसाईको भनाइ छ ।

कांग्रेस, माओवादीमा नेतृत्व हस्तान्तरण मुद्धा पेचिलो बनिरहँदा सरकारको नेतृत्व गरेको एमालेमा भने पछिल्लो समय नेतृत्व हस्तान्तरणको मुद्दा मुखर छैन । काँग्रसको महाधिवेशन नजिकिदै गर्नु र माओवादी सत्ताबाट प्रतिपक्षमा पुुग्दा उठेका विषय तत्कालका लागि उपयुुक्त हो या होइन भन्ने सवाल उत्पन्न भएका छन् । विश्लेषकहरुका अनुुसार नेतृत्व हस्तान्तरणको मुुद्धा किनारामा नपुुग्ने तर वहस मात्र हुुनुुले अर्थ नराख्ने बताउँछन् । ‘‘कुनै काम गर्दा उनीहरु असफल भए अथवा रणनीतिक योजनाहरु सफल भएनन भने त्यसको जिम्मेवारी नेतृत्वले नै लिनुपर्ने भन्ने आशयबाट छिटोछिटो नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर आशय व्यक्त हुँदा स्वभाविक नदेखिएको हो ।, विश्लेषक पिताम्बर भण्डारीले भने, ’‘दलभित्र नेतृत्व चयन विधिवत ढंगबाट त्यसको अधिवेशनका विषय नियमित रुपमा विधानले प्रष्ट पारेका हुन्छन् । बरु नियमहरु कहाँ कहाँ मिचिएको छ, कुनै कुनै विषयमा भागबन्डा मिलेको अवस्थाम नियम मिचिएपनि स्वीकार गर्ने प्रवृत्तिले पनि, जुन बेला नेतृत्व हस्तान्तरणको विषय उठान गर्नुपर्ने हो सो समयमा उठन नगरि अन्य बेला उठाउनुले यसले निश्कर्षमा नपुग्ने देखिएको छ ।’’

मुख्य राजनीतिक दलमा नेतृत्व परिवर्तनको मुद्दा  किन पनि स्वभाविक हो भने सबै दल मिसन ८४ को एजेण्डामा लाग्दा शक्ति सञ्चयको प्रयत्नमा छन् । शक्तिका लागि पदमा आसीन हुन उत्तिकै जरुरी छ, चाहे त्यो सत्तामा रहने कुरामा होस् कि प्रमुख प्रतिपक्षमा । पुराना दलहरुमा नेतृत्व हस्तान्तरणको मुद्दा अझ चुनाव केन्द्रित हुने सम्भावना बढी छ । किनभने हामी सुध्रियौं भन्नका लागि पनि उनीहरुले केही युवा अनुहारलाई नेतृत्वमा स्थापिथत गर्न जरुरी छ । अन्यथा, मिसन ८४ को मनको बाघले नेतृत्व परिवर्तनको बाघलाई नखाला भन्न सकिन्न ।