विश्लेषण

चुलिंदै एनपीएलको चर्चा, बन्दै नेपाली क्रिकेटको कोशेढुङ्गा

- पुजनी श्रेष्ठकाठमाडौं

नेपाल क्रिकेट संघ क्यानको स्वामित्वमा पहिलोपटक आयोजना हुन लागेको नेपाल प्रिमियर लिग क्रिकेट एनपीएल यतिखेर चर्चाको शिखरमा छ । नेपालमा आयोजना हुन लागेको अहिलेसम्मकै ठूलो खेल प्रतियोगिता भएर मात्रै हैन यसमा हुने झण्डै १ सय करोडको कारोबारले पनि एनपीएल चर्चित छ ।

त्यसबाहेक विभिन्न ८ फ्रेञ्चाइज टोलीले नेपाल भित्राउने विदेशी खेलाडीका कारण पनि यसले थप लोकप्रियता आर्जेको छ । कस्तो होला त एनपीएलको पहिलो संस्करण अहिले सवत्र चासोको विषय यही नै छ ।

नेपाल क्रिकेट संघ क्यानले पहिलो पटक गर्न लागेको एनपीएलको चर्चाको बयान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको यही भनाइ नै काफी छ । पहिलो संस्करण भएकाले पनि एनपीएलबाट धेरैको आशा छ । 

नेपाली क्रिकेटलाई माथिल्लो स्तरमा पु¥याउन यस्ता प्रतियोगिता सार्थक हुने नेपाल टी–२० प्रालिको स्वामित्वमा रहेको पोखरा एभेन्सर्जका मार्की खेलाडी कुशल भुर्तेलको बुझाइ छ ।

मार्की खेलाडी मात्रै हैन, एनपीएलमा विदेशी खेलाडी र ट्यालेन्ट हन्टबाट नयाँ प्रतिभाको समेत प्रस्फुटन भएको छ । अझ प्रतियोगिताको प्रत्यक्ष प्रसारण स्टार स्र्पोट्स टिभीबाट हुने भएपछि यसले अन्तर्राष्ट्रिय लोकप्रियता कमाउनेमा दुई मत छैन । काठमाडौं गुर्खाजका मार्की करण केसी भन्छन् “एनपीएल खेलाडीहरुका लागि अनुभव बटुल्ने ठाँउ हो । 

अन्तर्राष्ट्रिय स्तरमा खेलाडीसँग खेल्दै सिक्ने मौका प्राप्त हुन्छ । अझ स्टार स्र्पोट्सबाट प्रत्यक्ष प्रसारण हुने भएकोले हाम्रो खेल कौशल विश्वभर परख हुन्छ अनि अन्तर्राष्ट्रिय स्तरका क्रिकेट खेल्ने मौका पनि मिल्न सक्छ । ”

पछिल्ला वर्षहरुमा नेपाली क्रिकेट चलायमान छ । खेलाडीहरुलाई भ्याइ नभ्याइ छ– प्रतियोगिता खेल्न । राष्ट्रिय क्रिकेट टिमबाट खेलीरहेका खेलाडी आर्थिक रुपमा पनि राम्रो छ । 

सेन्ट्रल कन्ट्रयाक्टमा भएका खेलाडीहरुको पनि मासिक पारिश्रमिक राम्रो छ । 

यस्तो अवस्थालाई एनपीएल जस्ता प्रतियोगिताको आयोजनाले क्रिकेट र क्रिकेटरलाई अझ व्यवस्थति र आर्थिक हिसाबले पनि फाइदाजनक स्थितिमा पु¥याउने हिमालयन बिल्डर्सले किनेको कर्णाली याक्सका मार्की सोमपाल कामीले भने

“जुन एउटा प्लेयरले डिजर्भ गरेको अमाउन्ट हुन्छ त्यो पाएको छ । जे म्याचेजहरु डिजर्भ गथ्र्यो त्यो पाइराखेको छ । त्यो मार्की प्लेयरले मात्रै नभई डोमेस्टिक प्लेयरले पनि पाएको छ । यस्ता प्रतियोगिताले खेलाडाीको जिवनशैलीमा विस्तारै परिवर्तन ल्याउछ । ”

एनपीएलको निरन्तरताले नेपाली क्रिकेटलाई ठूूलो फाइदा पुुग्ने छ । यसका लागि क्यानले मैदानसहितका पूर्वाधारमा लगानी बढाउनुपर्नेछ । पुरुषको एनपीएल सुरु हुँदै गर्दा महिला क्रिकेटको पनि लिग सुरु गर्नुपर्छ भन्ने आवाज उठ्न थालेको छ । 

महिला खेलाडीले पनि लिगको आशा गरेका नेपाली राष्ट्रिय महिला टीमकी कप्तान इन्दु वर्मा बताउँछिन् ।

एनपीएललाई अन्तर्राष्ट्रियकरण गर्न क्यानले ट्रफीमा सगरमाथाको आधार शिविर काला पथ्थरदेखि ल्याइएको ढुङ्गा पनि राखेको छ । 

जलवायु परिवर्तन बारे अजरबैजानको बाकुमा कोप २९ मा कुरा भईरहदा क्यानले एनपीएलको ट्रफीमा काला पथ्थर राखेर जलवायु परिवर्तनको संकेत दिन खोजेकाले यो लोकल इभेन्टमात्र नभई ग्लोबल इभेन्ट हुन पुगेको छ ।

एनपीएलले स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने देखिन्छ । जसले खेलकुद पर्यटनमा पनि महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।

 विदेशी खेलाडी र समर्थकको आगमनले नेपालमा क्रिकेटको लोकप्रियता मात्र बढाएको छैन, यो लिगले देशको सांस्कृतिक र खेलकुद पर्यटनमा नयाँ आयाम थपेको छ । 

एनपीएलले नेपाली क्रिकेटलाई दीर्घकालीन विकास, आर्थिक प्रगति, र खेलप्रतिको जनचासोको दृष्टिले नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ । यो अपेक्षाको सार्थकता प्रतियोगिताको दोस्रो संस्करणको सफल आयोजनाबाट मात्रै पुष्टि हुनेछ ।