इन्फाइन्स्ट्रकचर राम्रो नहुँदा नेपाल विश्वकपमा क्वालिफाइ हुन सकेन
- काठमाडौंनेपाली यू–१९ क्रिकेट टोलीको नवौँ पटक विश्वकप खेल्ने सपना भने अधुरो रह्यो । घरेलु भुमिमा आयोजित आईसीसी यू–१९ विश्वकपअन्तर्गत एसियन छनोटको निर्णायक खेलमा वर्षा बाधक बनेपछि नेपालले अफगानीस्तानसँग अंक बाँड्न पर्यो ।
जसका कारण अफगानीस्तान नेट रनरेटमा अघि रहँदै विश्वकपमा छनोट भयो । कमजोर भौतिक पूर्वाधारका कारण खेल हुने अवस्था नबन्दा नेपाल विश्वकपको संघारसम्म मात्रै पुग्यो ।
काठमाडौंको मूलपानी क्रिकेट मैदानमा भएको यूू–१९ विश्वकपको एसिया छनोटको अन्तिम खेल वर्षा र ओसिलो पिचका कारण सम्भव नभएपछि नेपाल रनरेटमा अफगानीस्तान भन्दा पछि पर्यो र आगामी वर्षको जनवरी–फेब्रुुअरीमा जिम्बावे र नामिवियामा हुने विश्वकपमा पुग्न असफल रह्यो ।
लगातार ३ खेल जितेको नेपाली टोलीका कप्तान नरेन भट्ट अन्तिम खेल खेल्न नपाएरै विश्वकप गुमाउन पर्दा दुःखी छन् ।
आठ पटक यूू–१९ विश्वकप खेलिसकेको युवा टोली नेपाली क्रिकेटको सफल टोलीको रुपमा स्थापीत छ ।
पारस खड्काको समयमा नेपालले सन् २००० देखि २००८ सम्म लगातार पाँच पटक विश्वकप खेलेको थियो । त्यसपछि भने रोकिँदै नेपालले सन् २०१२ र २०१६ को विश्वकपमा पुुग्यो । सो पश्चात युवा टोली आठ वर्ष यूू–१९ विश्वकपमा पुुग्न सकेन ।
पछिल्लो पटक नेपालले सन् २०२४ को विश्वकप खेलेको थियो ।
नेपालको उमेर समूहकै उत्कृष्ट अलराउन्डरका रूपमा चिनिने शक्ति गौचनले पहिलोपटक यू–१९ राष्ट्रिय टोली सम्हालेका हुन् । गौचनको प्रशिक्षणमा नेपाली युवा क्रिकेटरले लगातार तीन महिना परिश्रम गरेका थिए ।
एसियन छनोटको पहिलो तीन खेल जितेर शीर्ष स्थानमा रहँदै छनोट हुने आधार नेपालले बनाएको थियो । अर्कोतिर टेस्ट राष्ट्र अफगानिस्तान पनि तीनवटै खेलमा विपक्षीमाथि फराकिलो जित निकाल्दै अगाडि थियो ।
जित्नै पर्ने खेलमा दुुर्भाग्यवस नेपाललाई मौषमले साथ दिएन । खेल भएर हारेको भए चित्त बुुझाउनुपर्ने विषय थियो, तर खेल नभइकन हार्दा दुख लागेको राष्ट्रिय यूू–१९ टोलीका मुख्य प्रशिक्षक शक्ति गौचनले सुनाए ।
नेपाल विश्वकपमा छनोट नहुनुमा कमजोर भौतिक पूर्वाधार पनि कारक बन्यो । मु्लापानीको तल्लो मैदानलाई प्रतियोगिताका लागि प्रयोग गर्नु पनि नेपालको हकमा महँगो साबित भयो ।
एसिया छनोटअन्तर्गतका खेलहरु संचालन गर्नका लागि राष्ट्रिय खेलकुद परिषद्ले क्यानलाई मूलपानीको तल्लो मैदानको जिम्मा दिएको अध्यक्ष चतुरबहादुर चन्दले बताए ।
प्रतियोगिताका लागि भन्दै क्यानले केही समय अघिबाटै मैदानको मर्मतसम्हार गरेपनि यतिले नपुुग्ने अध्यक्ष चन्द बताउँछन् ।
विश्वकपमा छनोट भएको भए नेपालले एउटा ठूूलो अवसर प्राप्त गथ्र्यो । खेलाडीहरुले आफ्नो प्रतिभा विश्वमाझ देखाउने र बलिया टिमसँग खेल्ने अवसर पनि प्राप्त गर्थे ।
विश्वकपकै लागि पनि आईसीसीले आर्थिक सहयोग पनि गथ्र्यो । छनोट चरण पार नगरेसँगै यि र यस्ता अवसरबाट नेपाल वञ्चित हुन परेको क्रिकेट विश्लेषक विराट जंग रायमाझिको भनाई छ ।
अफगानिस्तानलाई हराउँदै नवौँपटक विश्वकप खेल्ने राष्ट्रिय युवा टोलीको चाहना थियो । तर, मूलपानीमा नेपालको हकमा केही भएन । पानीले मैदानको आउट फिल्ड भिज्यो ।
ग्राउन्ड स्टाफले मैदानको चारैतिर सुकाउने र पानी बाहिर निकाल्ने भरमग्दुर प्रयास पनि गरे । तर, ग्राउन्ड स्टाफको मिहिनेत मात्रै पर्याप्त भएन ।
यदि पानी छिटो सुक्ने प्रविधि भैदिएको भए नतिजा फरक हुने थियो । हाम्रो अबको आवश्यकता हजारौं अट्ने प्यारापिट भन्दा पनि, पानी नअड्ने मैदान बनाउन जोड दिनुपर्ने देखियो । पिच र घाँसमा लगानी गरे खेलमा सुधार आउछ । त्यसपछि अरु भनेको बन्दै जान्छ ।