विश्लेषण

सम्भावनाका नयाँ ढोकाहरु उघ्रिदै : महिला क्रिकेट टोली

- पुजनी श्रेष्ठकाठमाडौं

नेपाल आईसीसी टी–२० महिला विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरमा छनोट भएको छ । एसिया क्षेत्र छनोट अन्र्तगत सुुपर थ्री मा संयुक्त अरब एमिरेट्स यूएईलाई हराउँदै नेपाल ग्लोबल क्वालिफायरमा पुगेको हो ।

विश्वकपको ढोका उघार्ने प्रतियोगिता मानिएको ग्लोबल क्वालिफायर थप प्रतिस्पर्धात्मक र चुनौतीपूर्ण हुनेमा शंका छैन । के नेपाली महिला क्रिकेट टोली विश्वकप खेल्नका लागि तयार छ त ?

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले १८ वर्ष अघि सन् २००७ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता एसीसी महिला क्रिकेटमा उपविजेता बन्दै सुखद बोहनी गरेको थियो । 

लगत्तै सन् २००८ मा एसीसी यूू–१९ प्रतियोगिता उचालेको महिला टोलीले सन् २०१० सम्ममा उपाधिमाथि ह्याट्रिक ग¥यो । उतिबेला नेपालको महिला क्रिकेट उमेर समूहसँगै सिनियर टोलीमा पनि एसियाली क्षेत्रको दाबेदार मानिन्थ्यो । 

कुनै समय पुरुष क्रिकेटभन्दा पहिले महिलाले विश्वकप क्रिकेटमा सहभागिता जनाउँछन् भनेर आश गरिए पनि १८ वर्षमा पहिलो पटक ग्लोबल क्वालिफायरमा पुुग्यो महिला टोली । यो जितले महिला क्रिकेटमा नयाँ प्रेरणा र भविष्यमा थप लगानी गर्ने आधार तयार भएको राष्ट्रिय टिमकी कप्तान इन्दु वर्माले बताईन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको छोटो अवधिमा नै ठूला उपलब्धि हासिल गरेको नेपालको महिला टोली अहिले अस्तित्व रक्षाका लागि संघर्षरत छ । महिला क्रिकेटको गर्विलो इतिहास भएपनि वर्तमान गौरवपूर्ण छैन । 

यसमा दोष महिला टोलीको मात्रै छैन, नेपाल क्रिकेट संघ क्यानले महिला क्रिकेटलाई लामो समयसम्म बेवास्ता नै गर्यो । नियमित रुपमा घरेलु प्रतियोगिता नहुँदा महिला क्रिकेट कहिल्यै माथि उठ्न पाएन । यसको प्रत्यक्ष असर खेलाडी उत्पादन र प्रवद्र्धनमा पर्यो । 

दशक अघि जो क्रिजमा थिए, अहिले पनि त्यही अनुहार महिला टोलीमा छ । महिला खेलाडीले जस्तो परिस्थितीमा पनि क्रिकेट खेलिरहनुु नै चुनौती स्वीकार गर्नु भएको नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काको भनाई छ ।

सन् २०१२ को महिला एसिया कप, २०१४ को एसियाली खेलकुद, २०१६ को महिला विश्वकपको एसियाली छनोट, २०१६ मा एसिया कप हुँदै सन् २०१७ को महिला विश्वकप एसियाली छनोटसम्म आइपुग्दा नेपालको महिला क्रिकेटको स्तर आशालाग्दो थिएन । नेपालले आठ वर्षपछि गत वर्ष एसिया कप खेलेपनि उत्कृष्ट नतिजा हासिल गर्न सकेन । 

ग्लोबल क्वालिफायरमा ठूला टोलीसँगको भेटलाई यादगार बनाउने अवसर भने महिला टोलीलाई छ । त्यसका लागि खेलाडीसँगै क्यानले पनि आजैबाट तयारी थाल्न जरुरी रहेको प्रशिक्षक जगत टमाटाको भनाई छ ।

जबसम्म घरेलु प्रतियोगिताको स्तर बढ्दैन, तबसम्म राष्ट्रिय टोली बलियो हुँदैन । त्यसका लागि घरेलु क्रिकेटको संरचनामा नै आमुल परिवर्तन गरिनुपर्छ । महिला क्रिकेटको घरेलु संरचनामा विभागीय टोली एपीएफ र केही प्रदेश टोलीबाहेक अन्यको प्रदर्शन फितलो नै छ । राष्ट्रिय पुरुष क्रिकेट टोलीका पूर्वकप्तान पवन अग्रवाल भन्छन् “ महिला टोलीले ठूलै सफलता हात पारेको छ । 

ग्लोबल क्वालिफायमा राम्रोसँग खेल्न सके विश्वमाझ आफूलाई चिनाउन सक्छ । समय छोटो छ तर तयारी धेरै गर्नुपर्नेछ । खेलाडीको काम खेल्ने हो, तर लामो सकयसम्म खेल्ने वातावरण सम्बन्धित निकायले बनाईदिनु पर्छ । क्यानले गरेको नियमित कार्यक्रम बाहेक अन्य क्रिकेट गतिबिधि चलायमान बनाइदिन आवश्यक छ ।”

नेपालको १९ वर्ष मुनिको महिला क्रिकेट टोलीले गत वर्ष पहिलो पटक विश्वकप खेल्यो । उमेर समूहकै भए पनि नेपालले विश्वकपमा ठूला र टिमहरुसँग खेल्ने अवसर पायो । लगत्तै अहिले सिनियर टोली पनि ग्लोबल छनोटमा पुगेको छ । महिला क्रिकेटलाई नयाँ उचाईमा पु¥याउने यो जस्तो मौका नेपाललाई धेरैपछि मात्रै प्राप्त हुन्छ । 

यसको सदुपयोग गर्न सके सिनियर टोलीका लागि पनि सम्भावनाका नयाँ ढोकाहरु क्रमशः उघ्रिदै जानेछन् । महिला टोलीको खेल्ने शैली र मनोबल बढाउन विशेषज्ञ प्रशिक्षकका रुपमा भारतीय मनिष कुमार झा आएपछि खेलाडीले खुलेर ब्याटिङ गर्न थालेका छन् । उनी आएसँगै टीममा आत्मविश्वास पनि बढेको छ । 

यही लयलाई कायम राख्न सके आगामी विश्वकपमा महिला क्रिकेट टोली छनोट हुने र नेपालको क्रिकेट परिचयमा नयाँ आयाम र इँटा पनि थप्नेछन् । यसमा क्यानले बेलैमा बोल्ड निर्णय गर्नसक्नुपर्छ । अन्यथा ग्लोबल क्वालिफायर पहिलो र अन्तिम हुन बेर छैन ।