फौजी किराको प्रकोपले बालीनालीमा ठूलो क्षति
-नेपालमा २०७६ को भदौमा पहिलो पटक लुम्बिनी प्रदेशमा फौजी किरा देखिएको थियो । खतरनाक किराका रूपमा चिनिनेफौजी किराले कृषि बालीमा हरेक वर्षजसो क्षति पुर्याएपनि नियन्त्रणमा भने सरकारी निकाय चुकेकोे सरोकारवालाहरुको गुनासो छ । आखिर फौजी किराले किसानलाई कस्तो हैरानी पारेको छ त ?
नेपालमा २०७६ को भदौमा पहिलो पटक देखिएको फौजी किरा उचित व्यवस्थापनको कमी हुदाँ २०७७ मा भने ६६ जिल्लामा फैलिएको थियो । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार २०७८ मा यसको प्रकोप बढेर ६९ जिल्लासम्म पुग्यो । त्यसपछि भने केही मत्थर भएको थियो । र त्यसबेला किसानलाई फैजि किराका बारेमा सुसूचित गराउने काम पनि भयो । जस्ले गर्दा २०७९ मा यस किराको प्रकोप कम भएको थियो । तर त्यसपछि भने यस विषयलाई बेवास्ता गरियो । र परिणाम स्वरुप फैजि किराको प्रकोप बढेर फेरी त्यही अवस्थामा आईपुुगेको छ । फौजी किराले जुनसुकै बेला समस्यामा पार्न सक्ने सरोकारवालाहरुको भनाई छ । बालीमा किरा देख्नेबित्तिकै नियन्त्रण नगरे पूरै सखाप पार्ने हुदाँ यस विषयमा सरकार गम्भिर भएर लाग्नुपर्ने राष्ट्रिय कृषक समुह महासंघका अध्यक्ष, पञ्चकाजी श्रेष्ठले बताए । उनले भने, ‘फौजी किराको प्रकोप बढेको गुनासो किसानहरुले गर्दै आएपनि पालिकाबाट भने चासो दिएको पाईंदैन ।, सरकारले हरेक वर्षे उत्पादन बढाउने निति ल्याएपनि सो नितिले मात्रै काम नगर्ने भएकाले किसानको मर्का बुझ्न जरुरी छ । ’
फौजी किराले हरेक वर्ष किसानलाई दुःख दिँदै आएको छ । र अहिले पनि तराईका विभिन्न जिल्लामा मकै खेतीमा फौजी किरा देखिएको पाईएको छ् । बाँकेको दक्षिण सीमावर्ती डडुवा गाउँपालिकाको भंगोटना र हिरमिनियासहित ३ वटा स्थानका मकै बालीमा फौजी किरा फैलिएकाले किसानलाई हैरानी भएको स्थानिय कृषकको भनाई छ् । उनीहरुका अनुसार मकै उम्रेदेखि नै फौजी किराको संक्रमणले ४० देखि ५० प्रतिशत मकै बाली नष्ट पारिसकेको छ । बालीमा हरेक वर्ष फौजी किराले आक्रमण गरे पनि नियन्त्रणमा प्रभावकारी काम नहुँदा विभिन्न जिल्लाका किसान चिन्तित भएका छन् । त्यस्तै बाग्मती प्रदेशको काभ्रेपलाञ्चोक, मधेश हुँदै कोशी प्रदेशका कतिपय जिल्लामा अवलोकन गर्दा फौजी किराको प्रकोप भेटिएको जानकारहरुले बताएका छन् । कृषि क्षेत्रका लागि विभिन्न समस्यामध्ये एक महत्वपुर्ण मानिएको फौजी किराको समस्या समाधानमा पहल हुन सकेको छैन । यस्तै कारण फौजी किराले अहिले पनि बालीनाली नष्ट गर्ने मौका पाएको छ् । राष्ट्रिय कीट विज्ञान अनुसन्धान केन्द्रका प्रमुख अजेय श्रीरत्न बज्राचार्यले भने,‘फौजी किराले मकै बालीलाई बढी प्रभाव पारेको छ ।, किराहरु फौजमा आएर एकैपटक ठूलो मात्रामा आक्रमण गर्ने र बोट, बाला र घोगालाई सखाप पार्ने यो किरा गर्मी महिनामा धेरै सक्रिय हुन्छ ।’
फौजी किरा नियन्त्रण गर्न किसानले हरेक वर्ष बालीनालीमा विषादीको मात्रा बढाउँदै आएका छन् । तर विषादीले क्षणिक रूपमा नियन्त्रण भएपनि त्यसले थप समस्या निम्त्याएको कृषक समुह महासंघले जनाएको छ । महासंघका अनुसार अध्ययन गर्दा किसान सरकार भन्दा एग्रोभेटमा निर्भर भएको देखिएको छ् । फौजी किरा नियन्त्रणमा स्थानीय सरकारबाट पनि केही सहयोग नपाएको महासंघको भनाई छ् । यसैबिच चितवनमा पनि मकै बालीमा अमेरिकन फौजी किराको संक्रमण देखिएको छ । जिल्ला कृषि विकास कार्यालयमा दैनिक चार–पाँच जना किसान फौजी किराको समस्या लिएर जाने गरेको कार्यलयको भनाई छ । त्यस्तै, भोजपुरमा पनि मकै बालीमा फौजी किरा देखिएको छ । भोजपुर नगरपालिकाको टक्सार, बोखिम, दाँवा, पौवादुङमा गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, अरुण गाउँपालिकालगायत तल्लो क्षेत्रमा फौजी किराको समस्या देखिएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । उता सल्यानका ३ सय हेक्टर मकै बालीमा फैजि किराले क्षति पु¥याएको पाईएको छ । फेदकटुवा र फौजी किराले सल्यानको शारदा नगरपालिका, दार्मा गाउँपालिका र कुमाख गाउँपालिकामा लगाइएको ३ सय हेक्टर बढी जग्गाको मकै बालीमा क्षति पु¥याएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सुचना अधिकारी तथा वरिष्ठ कृषि इन्जिनियर डा. जीतबहादुर चन्दका अनुसार फौजी किराकै लागी भनेर चाहि कुुनै त्यस्तो कार्यक्रम ल्याईएको छैन् ।
यतिबेला मुुलुुकका अधिकासं स्थानमा मकै खेति फस्टाउने बेला भैसकेको छ् । तर कतिपय स्थानमा भने लागाईएका मकै बोटमै सुुक्दै गएका छन् । एक रातमा १ सय किलोमिटरसम्म उड्न सक्ने यो किरा गर्मी ठाउँमा बढी सक्रिय हुने बताइन्छ । करिब ८० प्रकारका घाँस बालीलाई नोक्सान पु¥याउँने यो किराले सबैभन्दा बढी मकैलाई असर पारेको छ । त्यसैले यसलाई शतप्रतिशत नियन्त्रण गर्न नसके पनि विभिन्न विधिमार्फत व्यवस्थापन गर्न सकिने भन्दै विज्ञहरुले सुुझाव दिएका छन् ।