फागुन २१: ललितपुरमा नयाँ–पुराना दलबीच कडा टक्कर, परिणामप्रति उच्च चासो
- काठमाडौंआगामी फागनु २१ गते हुने निर्वाचनका लागि चर्चामा रहेका क्षेत्र मध्ये ललितपुरमा यस पटक २ लाख ६९ हजार २ सय ५६ जना मतदाता कायम भएका छन् । तीन वटा निर्वाचन क्षेत्र रहेको ललितपुरमा यसपटकको निर्वाचनका लागि ७१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यो क्षेत्रमा कतिपय उम्मेदवार मतदानमार्फत दोहोरिने रणनीतिमा छन् भने कतिपयले पहिलो पटक यहि क्षेत्रबाट संसद् प्रवेशका लागि प्रचार प्रसारलाई तीव्रता दिएका छन् । ललितपुरका ३ क्षेत्रमा हुन लागेको चुनावी प्रतिस्पर्धा, उम्मेदवारको तयारी र विगका नजिता यो समग्रीमा समावेश गरिएको छ ।
ललितपुर १
ललितपुर १ मा १२ जना स्वतन्त्र र १६ जना दलका उम्मेदवार गरि २८ जना चुनावी प्रतिस्पर्धामा छन् । क्षेत्र नम्बर १ मा ७७ हजार ३ सय ३७ जना मतदाता कायम छन् । यो क्षेत्रमा एमालेबाट चेतनाथ संजेल, नेपाली कांग्रेसबाट उदय शमशेर राणा, नेपाली कम्युनिष्ट पार्टीबाट सु्निल महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बुद्धरत्न महर्जनको उम्मेदवारी छ ।
ललितपुर १ मा खस आर्य समुदायबाट ५७ दशमलव १४ र आदिवासी, जानजातीको तर्फबाट ४२ दशमलव ८६ प्रतिशत उम्मेदवारी परेको निर्वाचन आयोगको तथ्याङ्क छ । अघिल्लो निर्वाचनमा कंग्रेसले जित हात पार्दा एमाले दोस्रो हुँदा रास्वपा तेस्रो र राप्रपा चौथो बनेको थियो । २०४८ सालपछि फरक फरक दलका नेताले जित्दै आएको यो क्षेत्रमा अहिले सबै जसो उम्मेदवार आफ्नो पार्टीले गरेका कामलाई आधार बनाउँदै प्रचार प्रसारमा जुटेका छन् ।
यसअघि प्रदेश सभामा निर्वाचित भएका एमालेका सञ्जेल आफ्नो कार्यकालमा सुरु भएका परियोजनाको निरनतरता र नीतिगत सुधारका लागि उम्मेदवारी दिएको बताउँछन् । २०७९ कोे निर्वाचनमा २३ हजार ८ सय ९२ मत सहित कंग्रेसका राणाले जित हात पारेको यो क्षेत्रमा यस पटक राष्ट्रिय प्रजातन्त्र पार्टीले सजिना कार्कीलाई उम्मेदवार बनाउँदा नेपाल मजदुर किसान पार्टीले सरिता गोसाइ देसाईलाई चुनावी मैदानमा उतारेको छ ।
ललितपुर २
ललितपुरको अर्को क्षेत्र नम्बर २ मा ७ जना स्वतन्त्र र १६ जना दलका उम्मेदवार गरि २३ जना चुनावी प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा ८९ हजार ८२ जना मतदाता छन् । खसआर्य र आदिवासी, जनजातिको मिश्रीत बसोबास रहेको यो क्षेत्रमा २ जना महिला सहित २१ जना प्रतिस्पर्धा गर्दैछन् । एमालेबाट प्रेम बहादुर महर्जन, कांग्रेसबाट प्रेम कृष्ण महर्जन र नेपाली कम्युनिष्ट पार्टीबाट राजेन्द्र अमात्यको उम्मेदवारी परेको छ ।
२०७९ को निर्वाचनमा १५ हजार २५ मत सहित विजयी भएका एमालेका प्रेम बहादुर महर्जनलाई चुनौती दिन यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट जगदिश खरेल च्ुनावी प्रतिस्पर्धामा उत्रीएका छन् । जेन जी आन्दोलन पछि गठित नागरिक सरकारमा सञ्चार मन्त्रिको हैसियतमा सरकारमा पुगेका खरेल पहिलो पटक रास्वपाबाट संसदीय राजनीतिमा होमिएका हुन् । यही क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रघ्ुवर राज थापा तथा जनता समाजवादी पार्टीबाट रीहीणि कस्ती, नेपाल मजदुर किसान पार्टीबाट चिरी मैया महर्जन तथा प्रगतिशिल लोकतान्त्रीक पार्टीबाट कृष्ण महर्जनले उम्मेदवारी दिँदा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृती पार्टीबाट सरोज राई र उज्यालो नेपाल पार्टीबाट राजाराम तण्डुकार उम्मेदवार बनेका छन् । नेपाली राजनीतिमा नयाँ दल भएकाले उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका तण्डुकार आफ्नो पक्षमा नतिजा आउने बताउँछन् ।
ललितपुर ३
अर्को चर्चामा रहेको ललितपुर क्षेत्र ३ मा पनि प्रमुख दलका समेत गरी २० उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । दलबाट १५ र स्वतन्त्रबाट ५ जनाको उम्मेदवारी परेको हो । यो क्षेत्रका लागि उम्मेदवार कायम हुने मध्ये १६ जना पुरुष र ४ जना महिला छन् । अघिल्लो पटकको निर्वाचनमा ३१ हजार १ सय ३६ मत सहित राष्ट्रिय स्वतन्त्र पार्टीबाट तोसिमा कार्की विजयी भएकी थिइन् । सोहि क्षेत्रबाट कार्कीले यस पटक पनि आफ्नो उम्मेदवारी दिएर प्रचार प्रसार तीव्र पारेको देखिन्छ ।
तोसिमाको संसदीय राजनीतिलाई रोक्न यो क्षेत्रमा एमालेबाट सन्दन थापा मगर, नेपाली कांग्रेसबाट जितेन्द्र कुमार श्रेष्ठ र नेपाली कम्युनिष्ट पार्टीबाट राज काजी महर्जनको उम्मेदवारी परेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले सबिन कुमार खड्का, जनता समाजवादी पार्टी, नेपालबाट कृष्ण देवि महवर्जन तथा नेपाल मजदुर किसान पार्टीबाट रमिला महर्जन र उज्यालो नेपाल पार्टीबाट विजय पन्तले पनि यहि क्षेत्रबाट प्रतिस्पर्धा गर्दैछन् । लामो समय देखि निर्वाचन क्षेत्रलाई आधार बनाएर काम गरेको दाबी गर्दै यो क्षेत्रमा उम्मेदवार हरु घरदैलोमा व्यस्त भएका छन् ।
ललितपुरको तीन क्षेत्र मध्ये जनसंख्याका आधारमा सबैभन्दा ठूलो क्षेत्रका रुपमा रहेको यस क्षेत्रमा १ लाख २ हजार ४ सय ३७ मतदाता रहेका छन् । यसमध्ये ४९ हजार ४ सय ११ पुरुष र ५३ हजार २६ जना महिला रहेका छन् । यो निर्वाचन क्षेत्रमा अघिल्लो पटक रास्वपा पहिलो दल बन्दा १२ हजार ९ सय ६३ मत सहित एमालेका उम्मेदवार अमृत खड्का दोस्रो र तत्कालीन माओवादी केन्द्रकी पम्फा भुसाल ८ हजार ६ सय ६९ मत सहित तेस्रो भएको विगत छ ।
आवधिक निर्वाचनका लागि तोकिएको पाँच वर्षको अवधि भन्दा अगावै हुन लागेको निर्वाचन र यसबाट आउने नतिजा अहिले सर्वाधिक चासोमा छ । जेनजी प्रदर्शन पछि विकसीत राजनीतिक घटना क्रमका बीच हुन लागेको निर्वाचनमा अन्यत्र जस्तै ललितपुरमा पनि नयाँ र बैकल्पिक दलका रुपमा उदाएका दलका उम्मेदवार तथा पुराना दल र अन्य उम्मेदवारबीच हुने चुनावी प्रतिस्पर्धा रोचक हुने ठानीएको छ ।