झापा - २ : उम्मेदवारको कार्यशैली हेरेर मत दिइने
- काठमाडौंफागुन २१ गतेको निर्वाचनका लागि दल र उम्मेदवार घरदैलोमा व्यस्त रहँदा आम मतदाता उम्मेदवारको सही छनौटका लागि परिक्षाको स्थितीमा छन् । ५ वटा निर्वाचन क्षेत्र रहेको झापामा यसपालि मतदाता दलभन्दा पनि उम्मेदवार र विगतका कार्यशैलि हेरेर मतदान गर्ने स्थितीमा देखिन्छन् । झापा निर्वाचन क्षेत्र नम्बर २ का आममतदातासँग कुराकानीका आधारमा बनाइएको सामग्री ।
पूर्वको व्यापारिक हब मानिएको झापामा निर्वाचनको मिति नजिकिएसँगै क्षेत्रका मतदाता विकास, सुशासन र रोजगारीका मुद्दालाई प्राथमिकतामा राख्दै आएका छन् । झापा क्षेत्र नम्बर २ राजीनितक रुपमा सक्रिय र सामाजिक आर्थिक दृष्टिले सम्भावनायुक्त क्षेत्र मानिन्छ । कुल १ लाख ४७ हजार ५सय २२ मतदाता रहेको यस क्षेत्रमा पुरुषको संख्या ७३ हजार ९ सय ५० छ ।
त्यस्तै ७३ हजार ५ सय ६७ महिला मतदाता छन् । झापा–२ मा एमालेबाट पूर्व सभामुख देवराज घिमिरे, कांग्रेसबाट सरिता प्रसाईं, नेकपाबाट धर्मशिला चापागाईं, रास्वपाबाट पूर्व उपसभामुख इन्दिरा राना मगर लगायतले उम्मेदवारी दिएका छन् । यसपटक मतदाता पार्टी भन्दा पनि व्यक्ति छान्ने पक्षमा देखिएका छन् । ७४ वर्षीय रुपादेवि खनालले ३४ वर्षमा पहिलो पटक मताधिकार प्रयोग गरेकी थिइन् । विगतमा पटक पटक मत खसाले पनि क्षेत्रको विकासमा खास प्रगति नभएको उनको गुनासो छ ।
त्यस्तै विर्तामोडकै गोविन्द बास्तोला पनि विगतमा सडक मुद्दा बनाइएपनि यस पटक शिक्षा स्वास्थ्य क्षेत्रमा राम्रो गर्नेलाई मत िदने पक्षमा छन् । मतदाताहरू विकासका ठूला वाचा भन्दा तिनको कार्यान्वयनमा जोड दिन खोज्छन् । उनीहरू दीर्घकालीन योजना, निरन्तर अनुगमन र प्रतिवद्द नेतृत्वको अपेक्षा राख्छन् । मतदाताले विशेष गरि बौद्धिकता र क्षमता र अनुभवकाआधारमा समेत शिक्षा, स्वास्थ्यका क्षेत्रमा सुधार गर्ने उम्मेदवारलाई छनौट गर्ने योजना झापाकै मिरा काफ्लेको छ ।
झापा भारतसँगको सीमा नाकाभएको जिल्ला हो । सीमा नाकाहुँदै व्यापार व्यवसाय गर्ने व्यापारीलाई भने भन्सारबाट अनावश्यक झन्झट भएकाले कानून कडाइ गर्नुपर्ने केही व्यापारिको बुझाई छ । शक्ति र पहुँच भएकालाई सहज हुने नभए सामान्य व्यापार गर्नेलाई कठिनाइ हुने भएकाले प्रणालीगत सुधारको आवश्यकतामा स्थानीय व्यापारी संजय अग्रवालको जोड छ ।
त्यसो त युवा मतदाता पनि उत्साही छन् चुनावलाई लिएर । जेन्जी विद्रोहपछिको चुनावलाई उनीहरु सदुपयोग गर्न चाहन्छन् । ठूला ठूलाविकास योजनाभन्दा नगर विकास त्यस माथि व्यस्थित शहर र रोजगारीका सम्भावना भएमा देशमै कामगने इच्छा रहेको विर्तामोडकै मजेश मगर र युवन मिश्रको बुझाइ छ ।
झापा निर्वाचन क्षेत्र नम्बर २ मा शहरीकरण तीव्र गतिमा बढिरहेको छ । राजनीतिक रुपलेपनि सचेत जिल्लाका रुपमा झापाको गणना मुलुकभर हुन्छ । यद्यपी, आममतदाताको मुख्य अपेक्षादिगो विकास, रोजगारी सृजना, गुणस्तरीय शिक्षा–स्वास्थ्य सेवा र सुशासनमै केन्द्रित रहेको छ ।