गहुँ खेतीमा सिँचाइ अभाव लगायत चुनौती अझै हट्न सकेन : घाटा भएको भन्दै किसानले गहुँ लगाउने क्रम घट्दै
- काठमाडौंनेपालमा वार्षिक २१ लाख टन भन्दा बढी गहुँ उत्पादन भएपनि चालु आर्थिक वर्षको ९ महिनामा झन्डै २४ हजार टन गहुँ आयात गरिएको छ । गहुँ उत्पादन क्षेत्रफल १२ वर्षमा घट्दै गएपनि उत्पादकत्वमा सुधार आएको छ । गहुँ खेतीमा सिँचाइ अभाव, रोग प्रकोप र मल तथा बिउको अभावले चुनौती दिएको छ भने किसानहरूले घाटाको खेती मान्दै गहुँ लगाउन छाडेको कृषि विज्ञले बताएका छन् ।
हाल नेपालमा उत्पादनका हिसाबले धान र मकैपछि गहुँ तेस्रो प्रमुख बाली हो । गहुँले देशको खाद्य सुरक्षामा मात्र नभई ग्रामीण अर्थतन्त्र चलायमान बनाउन सहयोग गरेकोे कृषि विज्ञहरुको भनाई छ । हिउँदमा वर्षा कम हुने समयमा पनि सिँचाइ र उपयुक्त प्रविधि प्रयोग गरी उत्पादन गर्न सकिने भएकाले यसलाई नेपालको प्रमुख हिउँदे बाली मानिन्छ । तर नेपालमा वार्षिक करिब २१ लाख टन गहुँ उत्पादन भए पनि मुलुक भने पूर्णरूपले आत्मनिर्भर हुन सकेको छैन ।
यसैबीच, कृषि मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो समय मुलुकमा गहुँ उत्पादन बढेको देखिएको छ । तर पनि बाहीरी देशबाट गहुँ आयात भने भइरहेको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को ९ महिना साउनदेखि चैतसम्म मात्रै नेपालले करिब २४ हजार टन गहुँ आयात गरेको सरकारी तथ्यांक छ । भन्सार विभागको तथ्यांक अनुसार चैत मसान्तसम्ममा २३ हजार ९ सय ६४ टन गहुँ र गहँुको बिउ नेपाल भित्रिएको हो । ‘त्यसबारे विभागका सुचना अधिकारी किशोर बर्तौला भन्छन् । बाहिरबाट गहुँ आयात हुने क्रम बढेको छ । मुलुकको समस्या सबैलाई थाहाँ भएको कुरा हो ।,’
नेपालमा कुल खेतीयोग्य ३० लाख ९१ हजार हेक्टर जग्गामध्ये गहुँ खेतीले ओगट्ने क्षेत्रफल पछिल्लो एक दशकमा निरन्तर घट्दो क्रममा देखिएको सरकारी तथ्यांक छ । क्षेत्रफल घटेपनि कृषि विकास प्रयासका कारण उत्पादकत्वमा भने केही सुधार आएको बताईन्छ । पछिल्लो १२ वर्षको तथ्यांकलाई हेर्दा गहुँको क्षेत्रफल, उत्पादन र उत्पादकत्वमा उतारचढाव देखिएको विज्ञहरु बताउछन् । मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७०÷७१ मा ७ लाख ५४ हजार ४ सय ७४ हेक्टर क्षेत्रफलमा गहुँ खेती हुने गरेको थियो भने सो क्रम बिस्तारै घट्दै गएर २०८०÷८१ सम्म आइपुग्दा ६ लाख ८१ हजार ८ सय ५१ हेक्टरमा मात्रै सीमित भएको पाईएको छ ।
यसैबिच पछिल्लो एक दशकको अवधिमा मात्रै करिब ७२ हजार ६ सय २३ हेक्टर जमिनमा गहुँ खेती गर्न छाडिएको सरकारी तथ्यांकले देखाएको छ । तरपनि २०८१÷८२ मा क्षेत्रफलमा केही सुधार भई ६ लाख ८३ हजार ९ सय ७७ हेक्टर कायम भएको छ । मन्त्रालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा भने गहुँ क्षेत्रफल ६ लाख ८५ हजार ६ सय ८७ हेक्टर पुग्ने प्रारम्भिक अनुमान विज्ञहरुले गरेका छन् । पछिल्लो समय नेपालमा गहुँ खेतीलाई प्रर्वधन गर्न केकस्ता कामहरु भैरहेका छन् भन्ने प्रश्नमा कृषि, वन तथा पर्यावरण मन्त्रालयका सुचना अधिकारी लाल कुमार श्रेष्ठले भने । ‘अहिले मन्त्रालयका तर्फबाट तेस्तो केही नयाँ कार्यक्रम आएको छैन् पहिले जे थियो तेही नै हो ।,’
यसअघि १५–२० वर्षअघिको अवस्था हेर्दा गहुँ बाध्यात्मक बालीका रुपमा रहेको थियो तर अहिलेको अवस्थामा भने निकै परिवर्तन भएको छ । विज्ञहरुका अनुसार विगतमा गहुँ खेती सबैतिर हुन्थ्यो, व्यावसायिक नभए पनि बाध्यात्मक बाली थियो प्राय मानिस सहरउन्मुख बढि भएपछि गहुँ लगाउन छाडेको पाईन्छ । सिँचाइ अभाव र पानी नपर्ने समस्या, बाली भित्र्याउन गाह्रो र झन्झटिलो हुने तथा प्रतिफल कम हुने भएकाले किसानहरूले गहुँ खेती गर्न छाडेको यस क्षेत्रका जानकारहरु बताउछन् ।
राष्ट्रिय गहुँ बाली अनुसन्धान कार्यक्रमका संयोजक डा. रोशन बस्नेतका अनुसार पछिल्लो समय कि त किसानले जग्गा बाँझै छाडेका छन्, कि आफूलाई खान पुग्नेमात्र बाली लगाएका छन् । ‘यतिमात्र नभएर पछिल्लो समय अन्य नगदे बालीतर्फ किसान बढि आकर्षित भएको बस्नेतको भनाई छ ।,’
एकातिर गहुँ उत्पादनको क्षेत्र घटिरहेको छ भने अर्कातिर उपभोक्ताको खानपानको शैलीमा समेत परिवर्तन आएको छ । जस्ले गर्दा गहुँको माग अत्यधिक बढाएको छ । प्छिल्लो समय गहँुको रोटी खान छाडेर गहुँको पिठोबाट बनेका खानेकुराको माग अत्याधिक बढेको छ ।
<iframe width="827" height="465" src="https://www.youtube.com/embed/vHr8e9uf8Zs" title="गहुँ खेतीमा सिँचाइ अभाव लगायत चुनौती अझै हट्न सकेन ll Kantipur Sabistar ll" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>