विचार / ब्लग

नेपाल राष्ट्र बैंकको रेमिट्यान्स नियमनमा समायोजन

काठमाडौं

रुजान अहमद / नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्सको सीमा घटाएको छ । केन्द्रीय बैंकले व्यक्तिगत दैनिक सीमा एक लाख रुपैयाँबाट घटाएर २५ हजार रुपैयाँ कायम गरेको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले हुन्डी निरुत्साहित गर्नका लागि पठाइएको रेमिट्यान्स कम्पनीलाई उनीहरुको उद्देश्यमा बढी केन्द्रित बनाउन र नगदको सट्टा बैंक मार्फत कारोबार गर्न प्रोत्साहित गर्नका लागि सीमा घटाइएको बताउनुभयो । यसले साथीहरु र प्रियजनहरुलाई सहयोग गर्न घरमा पैसा पठाउने अस्ट्ेरलियामा रहेका नेपालीलाई कस्तो असर गर्छत ?

विदेशमा बस्ने र काम गर्ने नेपालीहरुका लागि यो नीतिगत परिवर्तनले उनीहरुको पैसा पठाउने, व्यवस्थापन गर्ने तरिका र दैनिक जीवनशैली परिवर्तन गर्नेछ । ऐतिहासिक रुपमा अस्ट्रेलियामा रहेका नेपालीहरुका लागि हुण्डी वा अनौपचारिक सञ्चालनहरु मार्फत पैसा पठाउनु एक सामान्य अभ्यास हो जुन मुद्रा विनिमय नियमन गरिएका बैंकिङ् माध्यमहरु भन्दा बाहिर हुन सक्छ । 

यो सम्भव बनाउन अस्ट्रेलियाका धेरै हुण्डी र अनौपचारिक सञ्चालकले अस्ट्रेलियाको बैंक खातामा रेमिट्यान्स स्वीकार गर्नछन्, तर ग्राहकको त्यो रकम त्यति बेला नेपाल पठाईंदैन । यसको सट्टा उनीहरुको नेपालमा अवस्थित साझेदारले सोही रकम बराबर शुल्क कटाएर नेपाली बैंक खातामा नगर जम्मा गरिदिन्छ । यसरी पैसा पठाउनेहरुका लागि केन्द्रीय बैंकको निर्णयको कारण उनीहरुलाई अस्ट्रेलियाबाट नेपाल रेमिट्यान्स पठाउँदा प्रत्यक्ष असर पर्ने सम्भावना छ । नेपाल रेमिट्यान्स एसोसिएसनका उपाध्यक्ष रितेश मित्तलले भन्नुभयो, ‘राष्ट्र बैंकको घोषणाको मतलब नेपाली हुण्डी सञ्चालकहरुले छिटो पैसा पठाउन सक्ने क्षमतामा कमी आउँछ ।’

उदाहरणका लागि यदि कुनै ग्राहकले एक लाख रुपैयाँ घर पठाउँछ भने नेपालको हुण्डी साझेदार जसले यसअघि आन्तरिक रकमान्तर सुविधाको दुरुपोग गर्दै आएका थिए । अब चार दिनमा २५ हजार रुपैयाँको चार किस्तामा तिनुपर्नेछ ।

मित्तलले भन्नुभयो, ‘यसो गर्दा सञ्चालहरुले लागत बढ्ने सम्भावना र सम्भवत थाहै नपाई त्यो लागत ग्राहलाई सार्नेछ ।’ दैनिक रकमान्तर रकम २५ हजार रुपैयाँमा सीमित गरेर राष्ट्र बैंकले व्यक्तिगत रुपमा दैनिक सम्पन्न गर्न सकिने उच्च मूल्यको कारोबारको मात्रा घटाएको छ । एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले भन्नुभयो, ‘नेपालमा हुण्डीको मार्फत रकमान्तर गर्नु अवैध छ र कानून अनुसार दण्डनीय छ ।’ विनिमय दरको तुलनामा अन्तर्राष्ट्रिय मुद्रा रकमान्तर सेवा प्रदायक वर्ल्ड रेमिटले हालैका मानिसहरुमा हुण्डी सञ्चालक जस्ता अनौपचारिक प्रदायकको लागि विनिमय दर औपचारिक सञ्चालकहरुको हाराहारीमा रहेको पाइएको छ ।

गीता भण्डारी जस्ता नेपाली–अस्ट्रेलियनहरुका लागि दर्ता गरिएको मनी ट्रान्सफर कम्पनी मार्फत पैसा पठगाउने सुविधाले उनले पठाउने रकम प्रापकसम्म छिट्टै र सुरक्षित रुपमा पुग्नेछ भनेर ढुक्क बनाउँछ र मानसिक शान्ति प्रदान गर्दछ । गीताले भन्नुभयो, ‘जब तपाई हुण्डी जस्ता पैसा पठाउने अन्य माध्यमहरु प्रयोग गर्नुहुन्छ तपाई आफ्नो पैसा पुग्छ कि पुग्दैन भन्ने चिन्ताले ग्रसित हुनु हुनेछ । वर्ल्ड रेमिट भरपर्दो र कम जोखिमपूर्ण थियो । 

यदि त्यहाँ प्राविधिक समस्या भयो भने तपाईले सजिलै ग्राहक सेवा टोलीबाट सहयोग प्राप्त गर्न सक्नुहुनेछ ।’ यो परिवर्तनले अनिवार्य रुपमा रेमिट्यान्स सञ्चालकलाई उनीहरुको फाइदाको लागि सुरक्षित र थप प्रभावकारी सेवाहरु प्रदान गर्ने अन्य विकल्प बारे विचार गर्न बाध्य पार्नेछ । आफ्ना प्रियजनको लागि घरमै पैसा पठाउन हुने संसारभर बसोबास गर्ने आप्रवासीहरुले उनीहरुको पैसा उनीहरुलाई आवश्यक पर्दा जहाँ पठाउनुपर्ने हो त्यहाँ पुग्ने सुनिश्चित गर्न उनीहरुका गृह देशहरुमा लागू भईरहेका नीतिबारे समेत रहनु आवश्यक छ ।