स्वास्थ्य

स्वास्थ्य मन्त्रालयका वार्ता टोलीसंग वार्ता हुन सकेन

- प्रदिप मेयाङबो

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनकारी र पदाधिकारीवीचको अन्तरसंघर्ष दिनदिनै पेचिलो बन्दै गएको छ । स्वास्थ्य मन्त्रालयले पठाएका दुइसदस्यीय वार्ता टोलीसंग आन्दोलनकारीहरुले वार्ता गर्न नमानेपछि थप पेचिलो बनेको हो । 

संघर्ष समितिले प्रतिष्ठानका सवै चिकित्सक, नर्स र कर्मचारी र विद्यार्थीहरुले मंगलबार सम्ममा सामुहिक राजीनामा दिएर प्रधानन्त्री कार्यालय घेराउ गर्ने चेतावनी दिएपछि स्वास्थ्य मन्त्रालयले विशिष्ट श्रेणीका विषेशज्ञ चिकित्सक डा रोशन पोखरेल र गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा मदनकुमार उपाध्यायलाई संयुक्त संघर्ष समितिसंग वार्ता गर्न पठाएको थियो । 

संयुक्त संघर्ष समितिमा आवद्ध चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थीहरुले चारै पदाधिकारीको बर्खास्तको माग गरेपछि आफ्नो अधिकारक्षेत्र भन्दा बाहिरको माग भएकाले डा पोखरेल र डा उपाध्याय पछि हट्न बाध्य भएका थिए । वार्ता टोलीका संयोजक डा पोखरेलले /आन्दोलनकारीहरुले क्षेत्राधिकार भन्दा बाहिरको माग गरेकाले वार्ता अगाडि बढ्न नसकेको उहाँको भनाई थियो । संघर्षसमितिले वार्ताटोलीलाई मागपत्र दिएका छन् ।