स्वास्थ्य

थप १९ जनामा कोरोना संक्रमण पुष्टि

- केएफएम डेस्क

पछिल्लो पटक नेपालमा १९ जनामा कोरोना भाइरस संक्रमण पृष्टि भएको छ । ३ हजार ८ सय २१ जनामा गरिएको नमुना परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

चैत्र ८ यता झण्डै डेढ महिनापछि कोरोना भाइरस संक्रमणका कारण १ जनाको मृत्यु भएको हो । यस्तै पछिल्लो पटक १८ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर २ सय १७ जना सक्रिय संक्रमित रहेका छन् ।