स्वास्थ्य

थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

- केएफएम डेस्क

पछिल्लो २४ घण्टामा मुलुकभर १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ हजार ४९ जनामा गरिएको नमुना परिक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 आज ८ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ सय ९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।