स्वास्थ्य

थप १ सय १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

- केएफएम डेस्क

नेपालमा पछिल्लोपटक थप १ सय १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८४ नमुना परिक्षणका क्रममा सो संख्यामा संक्रमण भएको पाइएको हो । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो एक सातमा ६ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता सञ्जय ठाकुरले जानकारी दिनुभयो ।

 पछिल्लो पटक १ सय ३० कोरोनाका विरामी निको भए संगै सक्रिया संक्रमितको संख्या २ हजार १ सय ९१ पुगेको छ । देसभरका विभिन्न अस्पतालमा गरि अहिले १९ जना आइसीयु र १ जनाको भेण्टिलेटरमा उपचार भइरहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।