स्वास्थ्य

थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

- केएफएम डेस्ककाठमाडौं

पछिल्लो पटक नेपालमा थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार ६ सय २४ नमुना परिक्षणका क्रममा सो संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 थप ८४ जना बिरमी निको भएका छन् । यो संगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ हजार १ सय ७८ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । कोरोना संक्रमित मध्य १० जनाको आइसीयुमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।