स्वास्थ्य

हुम्लामा झाडा पखालाबाट २ शिशुको मृत्यु

- जनकबहादुर शाहीहुम्ला

हुम्लामा झाडा पखालाबाट पीडित २ शिशुको समयमै उपचार नपाएर मृत्यु भएको छ । झाडापखालाले थलिएर आईसीमा राख्नुपर्ने अवस्थामा पुगेका उनिहरुलाई जिल्ला अस्पताल हुम्लाले सुविधा सम्पन्न अस्पतालमा रिफर गरेको थियो । तर खराब मौसमका कारण हवाईजहाज नआएपछि अस्पताल लैजान नसकिएको हुम्ला अस्पतालका चिकित्सक कैलाश लामाले बताउनुभयो ।

सिमकोट गाउँपालिका–६ का सुरज सुनारका ६ महिने छोरा इमरान हिजो र सिमकोट गाउँपालिका–७ का कालीबहादुर शाहीका ७ महिने छोरा रोहीत शाहीको गत बुधबार मृत्यु भएको हो । हुम्लामा सुबिधा सम्पन्न अस्पताल छैन् । जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक र आवश्यक उपकरण नहुँदा उपचारमा समस्या हुँदै आएको छ ।