दाङमा डेंगी संक्रमणबाट एक जनाको मृत्यु
दाङडेंगी संक्रमणबाट दाङको घोराहीमा एक जनाको मृत्यु भएको छ । माडीगाउँपालिका–२ घर्तीगाउँ रोल्पाका ५१ वर्षीय यज्ञबहादुर डाँगीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो ।स्वास्थ्यमा समस्या देखिएपछि प्रतिष्ठानमा हिजो भर्ना भएका डाँगीको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा स्वास्थ्यजाँचगर्दा डाँगीलाई डेंगी सङ्क्रमण पुष्टि भएको थियो ।