स्वास्थ्य

मुगुमा ६ सय जनाको आँखा परीक्षण

- राजबहादुर शाहीमुगु

हिमाली जिल्ला मुगुमा ६ सय ७५ जनाको आँखा परीक्षण गरिएको छ । शिविरमा ६ सय ७५ जनाको आँखा परीक्षण र २८ जनाको सल्यक्रिया गरिएको राष्ट्रिय स्वास्थ्य कोषका सभापति तथा हेल्प नेपाल स्वास्थ्य केन्द्रका सञ्चालक समितिका अध्यक्ष बिर्खबहादुर रोकायाले जानकारी दिनुभयो । 

तिलगंगा आँखा अस्पताल, राष्ट्रिय स्वास्थ्य कोष शाखा मुगु, हेल्प नेपाल स्वास्थ्य केन्द्र मुर्माको संयुक्त आयोजना सञ्चालित निशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो । 

रोकायाका अनुसार सोरु गाउँपालिकाको पुरुमुरुमा ५५ जना, छायाँनाथ रारा नगरपालिकाको झयारी गाउँमा ९५ जना, जुम्ला कनका सुन्दरी गाउँपालिकाको बोतामा १ सय ८५ जना, रारा मुर्मामा ३ सय ४० जनाको आँखा परीक्षण गरिएको र २८ जनाको शल्यक्रिया गरिएको छ । 

चिकित्सक सहितको टोली, छायाँनाथ रारा नगरपालिकाको झयारी, मुर्मा र सोरु गाउँपालिकाको पुरुमुरु, जुम्ला बोतामा पुगेर निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।