काठमाडौं उपत्यकाको पोलियो खोप अभियान तीन दिन थप
- काठमाडौंकाठमाण्डौं, ललितपुर र भक्तपुरमा सञ्चालन गरिएको विशेष पोलियो अभियान आजसहित तीन दिन थप गरिएको छ ।
छुटेका बालबालिकालाई पोलियो थोपा खुवाउने उद्देश्यका साथ अभियान तीन दिन थप गरिएको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले जानकारी दिनुभयो । पोलियो थोपा खुवाउन छुटेका जन्मेदेखि ५ वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर साउन १५ गतेसम्म अनिवार्य पोलियो थोपा खुवाउन आग्रह गरिएको छ ।
भक्तपुरमा सुर्यविनायक नगरपालिका, भक्तपुर नगरपालिका, चांगुनारायण नगरपालिका स्वास्थ्य शाखा र मध्यपुर नगरपालिका स्वास्थ्य शाखामा खोप केन्द्र सञ्चालन हुने जनाइएको छ ।
यस्तै ललितपुरमा पाटन अस्पताल, अल्का अस्पताल, सुमेरु सिटी अस्पताल, वि एण्ड वि अस्पताल, मेडिसिटी अस्पताल र किस्ट अस्पतालमा खोप केन्द्र सञ्चालन हुनेछ । काठमाण्डौंमा कान्ति बाल अस्पताल, विरेन्द्र सैनिक अस्पताल लगायत १३ वटा अस्पतालमा खोप केन्द्र सञ्चालन गरिने भएको छ ।