स्वास्थ्य

गत वर्ष आर्थिक वर्ष १ लाख ५ हजार महिलाले लिए सुरक्षित गर्भपतन सेवा

- केएफएम डेस्ककाठमाडौं

नेपालमा गर्भपतनले कानूनी अधिकार पाएसँगै महिलाको प्रजनन स्वास्थ्यमा उल्लेखनीय प्रगति भएको एक प्रतिवेदनले देखाएको छ ।

गर्भपतनलाई महिलाको अधिकारको रुपमा स्थापित गरी सेवा विस्तार गरेको २२ वर्षको अवधिमा मातृ मृत्युदरमा उल्लेखनीय रुपमा कमी आएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । सन् १९९६ मा प्रति १ लाख जीवित जन्ममा ५ सय ३९ मातृ मृत्युदर रहेकोमा २०२१ मा १ सय ५१ मा झरेको महाशाखाको तथ्यांक छ ।

महाशाखाका प्रमुख विवेक कुमार लालले १२ हप्तासम्मको उपकरणीय गर्भपतन सेवा ३ सय ५० संस्थामा र १२ हप्ताभन्दा माथिको गर्भपतन सेवा ६३ संस्थामा उपलब्ध रहेको समेत जानकारी दिनुभयो ।

महाशाखाको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा १ लाख ५ हजार जना महिलाले सूचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा लिएका छन् । यसैबीच, सुरक्षित गर्भपतनका लागि अधिकार, पहुँच र एक्यबद्धता नारा सहित आज १० औं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइएको छ ।