पछिल्लो १० महिनामा २८ हजार बढीमा डेंगी संक्रमण
- काठमाडौंडेंगी नियन्त्रणका लागि सरकारले सचेतना मुलक विभिन्न अभियान चलाए पनि संक्रमितको संख्या घटेको छैन । पछिल्लो १० महिनामा डेंगीबाट २८ हजार बढी मानिस संक्रमित भएका छन् ।
सो अवधिमा १२ जनाको डेंगीकै कारण मृत्यु भएको छ । डेंगी नियन्त्रणका लागि सरकारले सरसफाई अभियान समेत सञ्चालन गरेको छ । तर, अझै संक्रमितको संख्या बढ्दो रहेको सरोकारवालाले बताएका छन् । डेंगीबाट सबैभन्दा बागमती र गण्डकी प्रदेश प्रभावित छ ।
डेंगी फैलन नदिन पानी जम्ने ठाउँ, मोटर ग्यारेज, कवाडी स्टोर लगायत जोखिम भएका स्थानमा सरसफाई गर्नुपर्ने चिकित्सकले सुझाएका छन् । यस्तै, पूरा बाहुला भएको लुगा लगाउने, झुलको प्रयोग गर्ने गर्न चिकित्सकले आग्रह गरेका छन् ।