मानसिक रोगीहरुको संख्या बढ्दोः स्वास्थ्य मन्त्री पौडेल
-स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मुलुकमा मानसिक रोगीहरुको संख्या अत्यधिक बढेको बताउनुभएको छ । जनस्वास्थ्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विभिन्न कारणले मानसिक रोगीको संख्या बढ्दै गइरहेको बताउनुभएको हो ।
रोग लाग्न नदिनका लागि मन्त्रालयले अध्ययन समिति बनाएर काम गर्ने पनिउहाँले बताउनुभयो । मन्त्री पौडेलले उपचार प्रक्रिया बढेपनि बिरामी र संख्या पनि बढेकाले उपचारात्मक प्रणाली, क्षमता र क्षेत्र बिस्तार गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।