एचपीभी खोपलाई नियमित बनाउने सरकारको तयारी
- काठमाडौंसरकारले पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रयोग हुने एचपीभी खोप भित्र्याउन थालेको छ । आगामी बर्षदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप नियमित खोपको रुपमा दिने तयारी भइरहँदा खोप ल्याउन थालिएको हो । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखाका अनुसार पहिलो लटमा ४ लाख ६० हजार ९ सय ४० भाइल खोप काठमाण्डौं आइपुगेको छ ।
खोपसम्वन्धि संस्था गाभीको सहयोगमा चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्डको सो खोप ल्याइएको हो । त्यस्तै, आगामी माघ २२ देखि सुरु हुने खोप अभियानका लागि चार चरणमा करिब १७ लाखको हाराहारीमा खोप भित्राउने सरकारको तयारी छ ।