स्वास्थ्य

चीन र भारतमा देखिएको मेटा न्युमो भाइरसबारे नेपालमा पनि अध्ययन हुने

काठमाडौं

चीन तथा भारतमा स्वासप्रश्वास सम्बन्धी समस्या निम्त्याउने मेटा न्युमो भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि सो संक्रमणको अवस्थाबारे अध्ययन गरिने भएको छ ।

 काठमाडौंको टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले श्वासप्रश्वास सम्बन्धी बिरामीहरुको नमूना परीक्षण गर्ने तयारी गरेको हो ।

 सो भाइरसको संक्रमणबाट खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने, नाकबाट पानी बग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिने चिकित्सक बताउँछन् । यद्यपि, सो भाइरस नयाँ उत्पत्ति नभएको र पुरानो भाइरसले स्वरुप परिवर्तन गरेको संक्रामक रोग विशेषज्ञको भनाई छ ।

भाइरस संक्रमण बढ्दै गएमा अपनाउनुपर्ने स्वास्थ्य सेवा सावधानीका लागि समेत सो अध्ययन महत्वपूर्ण रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले बताउनुभयो ।