युएसएआईडीबाट सञ्चालित स्वास्थ्य कार्यक्रम सरकार आँफैले अघि बढाउने
- काठमाडौंअमेरिकी सहायता युुएसएआईडीले दिँदै आएको सहायतामा सञ्चालित स्वास्थ्य कार्यक्रम सरकारले आन्तरिक बजेटबाटै अघि बढाउने भएको छ । युुएसएआईडीले स्वास्थ्य कार्यक्रमहरु सञ्चालन गर्न ५२ करोड ४४ लाख रुपैयाँ सहयोग गरेको थियो ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसंगै विश्वभर नै युुएसएआइडी सहायता रोक्का भएपछि नेपालको स्वास्थ्य क्षेत्र पनि प्रभावित भएको छ ।
युएसएआईडीद्वारा सञ्चालित नर्सिङ तथा सामाजिक सुुरक्षा कार्यक्रम, उपचारात्मक सेवालगायतका कार्यक्रम अब नेपाल सरकारले नै सञ्चालन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुुढाथोकीले जानकारी दिनुुभयो ।
नयाँ आर्थिक वर्षको बजेटको तयारी भइरहदाँ स्वास्थ्य मन्त्रालयले युुएसएआडीबाट रोक्का भएका कार्यक्रम आँफै सञ्चालन गर्ने योजना बनाएको हो । नेपाल सरकारबाट सबै कार्यक्रम सञ्चालन सम्भव नभए बाँकी कार्यक्रम अन्य दातृ निकायको सहयोगबाट अघि बढाउने सरकारको योजना छ ।