पाँचथरमा पहिलो पटक एआई विधिबाट क्षयरोग पहिचान
- पाँचथरपाँचथरमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्ट (एआइ) विधिबाट क्षयरोगको परीक्षण र पहिचान गरिएको छ । फिदिम नगरपालिकाको आयोजनामा २ सय ४६ जना नागरिकको क्षयरोग परीक्षण गरिएको हो ।
परीक्षणका क्रममा ६ जना शंंकास्पद बिरामी भेटिएका थिए । एक जनामा भने क्षयरोग पुष्टि भएको फिदिम नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख ओमप्रकाश यादवले बताउनुभयो ।
नगरपालिकाले धनकुटास्थित क्षेत्रीय स्वास्थ्य निर्देशनालयसँगको सहकार्यमा एआइ विधिबाट जिल्लामै पहिलो पटक क्षयरोग परीक्षण गरेको हो ।
यो विधिबाट परीक्षण गर्दा एक मिनेट भित्रै बिरामीमा क्षयरोग भए/नभएको पुष्टि हुने धनकुटा जिल्ला अस्पतालका रेडियोग्राफर निरीक्षक डा.अमित साहले जानकारी दिनुभयो । परीक्षणमा रोग पहिचान भएका एक जनाको मंगलबारदेखि नै निःशुल्क उपचार सुरु गरिएको नगरप्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो ।