सामसुङ नेपालको मनसुन क्याम्प सुरू
- काठमाडौंकाठमाडौं । वर्षा र चिसोपनका कारण स्मार्टफोनमा आउने समस्या कम गर्न सामसुङ नेपालले मनसुन क्याम्प सुरू गरेको छ । यो क्याम्प अन्तर्गत, ग्राहकहरूले आफ्नो स्मार्टफोनको सबैभन्दा कमजोर भाग मानिने चार्जिङ पोर्ट निःशुल्क प्रतिस्थापन गराउन सक्नेछन् । यो सुविधा २४ अगष्ट २०२५ सम्म उपलब्ध हुनेछ ।
चार्जिङ पोर्टको मर्मत निःशुल्क भए पनि, काम गर्ने खर्च र अन्य पाट्र्स आवश्यक परे त्यसको मूल्य ग्राहकले तिर्नुपर्ने छ । यो सेवा केवल सामसुङको आधिकारिक सेवा केन्द्रहरूमा उपलब्ध हुनेछ ।
सामसुङ नेपालका उपप्रबन्धक राजन भट्टराईले भने, “वर्षायाममा चिसोपन र पानीले स्मार्टफोनमा समस्या आउने बताउँदै यसबाट बचाउन मोनसुन क्याम्प सुरु गरेका हौं।” सामसुङले ग्राहकहरूलाई यो मौका लिन र वर्षायाममा आफ्नो फोन सुरक्षित राख्न आग्रह गरेको छ ।