सूचना प्रविधि

सामसङले सार्वजनिक ग¥यो ग्यालेक्सी एस २५ एफई

- केएफएम डेस्क काठमाडौं

सामसङ नेपालले युवा व्यवसायी एवम् कन्टेन्ट क्रिएटर्सका लागि नयाँ ग्यालेक्सी एस २५ एफई फोन सार्वजनिक गरेको छ ।

 सो स्मार्टफोनमा प्रिमियम एआई अनुभव, एआई संचालित रचनात्मकता र शक्तिशाली परफर्मेन्स लगायत फिचरहरु समावेश भएको सामासङ नेपालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

यसमा सुपर एचडीआर मार्फत फोटो र भिडियोका साथै उत्कृष्ट सेल्फी प्रदान हुने सामसङले जनाएको छ । साथै, जेनेरेटिभ एडिट, पोट्रेट स्टुडियो, इन्स्ट्यान्ट स्लो–मो र अडियो इरेजरजस्ता फिचरले फोटो र भिडियो इडिटलाई सहज बनाउने सामसङको भनाइ छ । यस स्मार्टफोनमा ४५ वाटको फास्ट चार्जिङ र प्रभावकारी कुलिङको लागि भेपर चेम्बरको साथ ४हजार९ सय एमएचएच ब्याट्री राखिएको छ । 

जसमा ६ दशमलव ७ इन्चको डायनामिक एमोलेड डिस्प्ले प्रदान गरिएको छ । ग्यालेक्सी एआई र वन युआई ८ द्वारा संचालित एस २५ एफईले भ्वाइस, टच र भिजुअल अन्तक्र्रिया मार्फत सहज र सरल अनुभव प्रदान गर्ने सामसङले जनाएको छ । सामसङ नेपालका अनुसार सामसङ इन्स्टा फाइनान्समार्फत ० प्रतिशत ब्याजदरमा डिभाइसहरु खरिद गर्न सकिनेछ । यो स्मार्टफोनको मूल्य ९९ हजार ९ सय ९९ तोकिएको छ ।